२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

युवतीको शंकास्पद मृत्यु, बुवासहित चारजना पक्राउ

युवतीको शंकास्पद मृत्यु, बुवासहित चारजना पक्राउ

१६ वर्षकी युवतीको शंकास्पद मृत्युको विषयमा छानबिन गर्न रुपन्देहीमा बावुसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

रुपन्देहीको रुद्रपुरमा १६ वर्षकी समिक्षा ठकुरीको आगालागीमा रहस्यमय ज्यान गएपछि उनका आमा माया ठकुरीले दिएको किटानी जाहेरीका आधारमा बावु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला ठकुरी तथा फूपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले बताएको छ ।

घरमै आगालागीमा गम्भीर घाइते भएकी समिक्षाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij