२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

युरोमनी अवार्डमा नबिल बैंकलाई नेपालको उत्कृष्ट बैंकसहित तीन उपाधि

युरोमनी अवार्डमा नबिल बैंकलाई नेपालको उत्कृष्ट बैंकसहित तीन उपाधि

काठमाडाैं । नबिल बैंक लिमिटेडले विश्वस्तरमा प्रतिष्ठित युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ अन्तर्गत तीन वटा विधामा उपाधि जितेको छ । बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ को अवार्ड पाएको हो ।

यस सम्मानले नेपाली बैंकिङ क्षेत्रमा नबिल बैंकको अग्रणी र नेतृत्वदायी भूमिकालाई पुनः पुष्टि गरेको छ । बैंकले आफ्नो बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण र जिम्मेवार बैंकिङ अभ्यासका कारण यो सफलता पाएको जनाएको छ ।

साना तथा मझौला उद्यमको सहयोगका साथै वातावरणीय, सामाजिक र सुशासनका प्राथमिकतालाई अघि बढाएकाले बैंकले यो उपाधि पाएको हो । युरोमनी अवार्डलाई विश्व बैंकिङ क्षेत्रमा असाधारण कार्यसम्पादन गर्ने संस्थाहरूलाई दिइने निकै प्रतिष्ठित सम्मान मानिन्छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले युरोमनीबाट प्राप्त सम्मानले आफूहरूलाई गौरवान्वित बनाएको बताए । ग्राहक, कर्मचारी, शेयरधनी र साझेदारको विश्वासका कारण यो सफलता मिलेको उनले उल्लेख गरे ।

भविष्यमा पनि नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रति प्रतिबद्ध रहँदै उत्कृष्ट सेवा दिने ज्ञवालीले बताए । देशको समग्र आर्थिक समृद्धिमा योगदान पुर्‍याउन बैंक सधैँ तत्पर रहने धारणा उनले राखे ।

नबिल बैंकले दिगो वित्त, हरित लगानी, वित्तीय समावेशीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगातार नेतृत्वदायी काम गर्दै आएको छ । साना तथा मझौला व्यवसायीका लागि विशेष कर्जा र परामर्श सेवा दिएर उद्यमशीलता प्रवर्द्धनमा बैंकले सघाएको छ ।

निजी क्षेत्रको अग्रणी नबिल बैंकले चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको छ । हाल बैंकले २ सय ६४ शाखा र ३ सय १५ एटिएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij