२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

यी कार कम्पनी, जसले कमाए काेरोना संक्रमण कालमा सबैभन्दा धेरै मुनाफा

यी कार कम्पनी, जसले कमाए काेरोना संक्रमण कालमा सबैभन्दा धेरै मुनाफा

काठमाडौं । पछिल्लो वर्ष कोरोना संक्रमणको कारण हरेक क्षेत्र प्रभावित बने । जसको असर अहिलेपनि जारी नै छ ।

कोरोनाको कारण अटोमोबाइल्स क्षेत्रमा पनि निकै असर परिरहेको छ । कोरोनाको कारण कार बिक्रीमा निकै कमी आयो ।

नोबेम्बर, डिसेम्बरमा कार बिक्रीमा केही गति देखिएपनि कोरोनाको दोस्रो लहरको कारण फेरि यो क्षेत्र प्रभावमा परेको छ । यी हुन् कोरोना संक्रमणमा सबैभन्दा धेरै नाफा कमाउने कार कम्पनीः

१. मारुति सुजुकी

कोरोना संक्रमणको कारण कार बिक्रीमा केही कमी आएपनि मारुति सुजुकी कम्पनीले सन् २०२० सबैभन्दा धेरै कार बेच्यो । २०२०/२०२१ मा मारुति सुजुकीको शेयर ४८ प्रतिशत बढ्यो ।

२. हुन्डाई

कोरोना संक्रमणको समयमा पनि हुन्डाईको कार बिक्रीमा भने खासै कमी आएन । कम्पनीको क्रेटा र आई २० कार सबैभन्दा धेरै बिक्री भए । कोरोना संक्रमणको समयमा पनि कम्पनीको शेयर १७.३६ प्रतिशत बढ्यो ।

३. टाटा

पछिल्लो वर्ष टाटाले २० हजार यूनिट कार बिक्री गरेको कम्पनीले बताएको छ । यक्त वर्ष कम्पनीको शेयर मूल्य ७.८७ प्रतिशत बढ्यो ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij