२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

यात्रु अलपत्र पारेको भन्दै निगमलाई स्पष्टीकरण

यात्रु अलपत्र पारेको भन्दै निगमलाई स्पष्टीकरण

काठमाडौँ – नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ।

यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पुर्‍याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो।

निगमको मङ्सिर १ गते (बिहीबार)को दुई वटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एयरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो। टिकट काटेर एयरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए।

‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए–२३९ को काठमाडौँदेखि दोहा तथा उडान नम्बर आरए २२९ को काठमाडौँ–दुबई जाने हवाइजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ,’ प्राधिकरणले आज निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ।

अब उप्रान्त यस किसिमको कमि कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij