२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

शिक्षा

यस वर्ष शैक्षिक सत्र सुरू हुनु अघि नै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुने

यस वर्ष शैक्षिक सत्र सुरू हुनु अघि नै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुने

काठमाडौं, १४ चैत – जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि आवश्यक पाठ्यपुस्तकहरूको छपाइ सम्पन्न गरेको जनाएको छ। केन्द्रका अनुसार, नयाँ शैक्षिक सत्र १ वैशाखदेखि सुरु हुनुअघि नै देशभरिका विद्यालयमा पुस्तकहरू वितरण गरिनेछ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार छपाइ कार्य पूरा भइसकेको छ। अब पुस्तकहरू समयमै विद्यालयसम्म पुर्‍याउने तयारी भइरहेको छ।

वितरण प्रक्रिया र लक्ष्य
केन्द्रका अनुसार, ८ वटा क्षेत्रीय कार्यालय र मुख्य केन्द्रमार्फत १४ जिल्लामा किताब बिक्री तथा वितरण गरिनेछ।

सूचना अधिकारी पार्वती न्यौपानेका अनुसार, यस वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य लिइएको थियो, जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तकको छपाइ पूरा भइसकेको छ। साथै, कक्षा ३ र ५ का करिब २० हजार पुस्तक अघिल्लो वर्षको स्टकबाट वितरण गरिनेछ।

न्यौपानेले थप जानकारी दिँदै भनिन्, “शतप्रतिशत पुस्तक छपाइ सम्पन्न भइसकेको छ। १७ चैतबाट देशभरि वितरण सुरु हुनेछ। यस वर्ष पुस्तकहरू गोदाममै थन्किने सम्भावना रहेको छ।”

पुस्तक वितरण तालिका
जनक शिक्षा सामग्री केन्द्रले पुस्तक वितरणलाई व्यवस्थित बनाउन तालिका बनाएको छ। वितरण निम्नानुसार हुनेछः

कोशी प्रदेश – १३ चैतदेखि २ वैशाखसम्म

मधेश प्रदेश – १७ चैतदेखि चैत मसान्तसम्म

बागमती प्रदेश – १७ चैतदेखि १ वैशाखसम्म

गण्डकी प्रदेश – १३ चैतदेखि चैत मसान्तसम्म

लुम्बिनी प्रदेश – १३ चैतदेखि २८ चैतसम्म

कर्णाली प्रदेश – १२ चैतदेखि २४ चैतसम्म

सुदूरपश्चिम प्रदेश – १७ चैतदेखि चैत मसान्तसम्म

नयाँ पाठ्यपुस्तकहरू
यस वर्ष पाठ्यक्रम विकास केन्द्रले तीन अतिरिक्त विषयका नयाँ पाठ्यपुस्तकहरू पनि छपाइ गरेको छ। केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार, कक्षा ९ का अतिरिक्त गणित, अर्थशास्त्र र कम्प्युटर साइन्सका पाठ्यपुस्तकहरू पहिलो पटक उपलब्ध गराइनेछन्। साथै, यसपटक अन्य पाठ्यपुस्तकहरूमा भएका त्रुटिहरू सच्याइएका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij