२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

यस्तो छ राष्ट्रपति निर्वाचनको मतपत्र

यस्तो छ राष्ट्रपति निर्वाचनको मतपत्र

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ।

आगामी फागुन २५ गते हुन लागेको निर्वाचनमा सङ्घीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुई थरी मतपत्र हुने आयोगले जनाएको छ ।

रातो मतपत्र सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेशसभाका सदस्यहरूको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा सात वटै प्रदेशसभाका सांसद मतदाता छन्।

सङ्घीय सांसदहरूको मत भार ७९ अङ्क र प्रदेशसभाका सांसदको मत भार ४८ तोकिएको छ।

राष्ट्रपतिमा ८ दलको समर्थनमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।

राष्ट्रपतिका लागि मतदान फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म हुनेछ। निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र सातै प्रदेशका ५ सय ५० प्रदेशसभा सदस्यले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij