यति डिष्ट्रिलरीले दशैं तिहारको समयमा बढी मदिरा विक्री गर्ने डिष्ट्रिव्युटर, होलसेलर तथा रिटेलरलाई कारोबारको आधारमा सुन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त समयमा यति डिष्ट्रिलरीबाट उत्पादन भएको १ हजार केश मदिरा विक्री गर्ने व्यवसायीलाई ७ तोला सुन प्रदान गरिएको छ । यसैगरी ५ सय केश मदिरा विक्री गर्ने व्यवसायीलाई साढे ३ तोला र २ सय ५० केश मदिरा विक्री गर्ने व्यवसायीलाई पौने २ तोला सुन प्रदान गरिएको हो ।
यी हुन् बढी कारोबार गर्ने व्यवसायीहरु :
यति डिष्ट्रिलरीको दशैं तिहार स्किम अन्तरगत सबै भन्दा बढी कारोबार गर्नेमा व्यावसायिक फर्मको रुपमा एमडि टे«ड लिंक सबैभन्दा अगाडि छ । धु्र्व
श्रेष्ठबाट सञ्चालित उक्त फर्मले २ हजार केश मदिरा विक्री स्किम अन्तरगत १४ तोला सुन प्राप्त गर्न सफल भएको छ ।
यसैगरी १ हजार केश सुन प्राप्त गर्नेहरुमा मदिरा व्यवसायी संघ काठमाडौंका अध्यक्ष समेत रहेका सोनाम शेर्पाबाट सञ्चालित शेर्पा स्टोर, मदिरा व्यवसायी संघ काठमाडौंका महासचिव राजन केसीबाट सञ्चालित श्री पिके इन्टरप्राइजेज, प्रकाश अर्यालबाट सञ्चालित कलंकीको न्यू सृजना टे«डर्स लगायत छन् । १ हजार केश बापत सुन प्राप्त गर्नेहरुमा संस्कार ट्रेडर्स, निसान ट्रेडर्स, शिव भैरव स्टोर्स, लिक्वर सप जावलाखेल समेत रहेका छन् ।
५ सय केश विक्री बापत सुन प्राप्त गर्नेहरुमा ओरिसा ट्रेडर्स, सुन्निभा लिक्वर शप, विस्मार्क स्टोर छन् । यसैगरी २ सय ५० केश विक्री गर्नेहरुमा विनायक स्टोर, ओरिसा स्टोर लगायत छन् ।
सुन पछि सम्म स्मरणको रुपमा रहने गरी सिक्काको रुपमा वल्र्ड दरबारको लोगो सहित वितरण गरिएको छ । यसबाट मदिरा उत्पादक र मदिरा व्यवसायीबीच थप आत्मियता बढ्नेमा आफूहरु विश्वस्त रहेको वल्र्ड दरवारका सञ्चालक रवि केसीले बताएका छन् ।
उक्त विशेष समारोहमा नेपालमा उत्पादित यति डिष्ट्रिलरी अन्तरगतको स्वदेशी मदिराले नै व्यवसायीहरुको राम्रो साथ र सहयोगको कारण ३ बर्षमा नै निकै राम्रो बजार लिन सफल भएकोमा व्यवसायीहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यो सम्बन्ध कायम रहिरहनेमा केसीले जोड दिएका छन् । उनले भने, ‘मदिरा व्यवसायी मित्रहरुले वल्र्ड दरबारलाई यो मेरै ब्राण्ड हो भन्ने किसिमले जुन माया दर्शाउनुभयो, त्यसैको परिणाम स्वरुप नै यो सफलता मिलेको हो ।’
विगतमा नेपालबाट ब्राण्ड नामकै लागि ठूलो रकम विदेशिइरहेकोमा अहिले भने नेपाली ब्राण्डको मदिराले विदेशी ब्राण्डसँग प्रतिष्पर्धामा आइ राम्रो बजार लिन सक्नु सुखद उपलब्धि भएको समेत उनले बताए । साथै नेपाल मदिरामा आत्मनिर्भरताको दिशामा अघी बढेको समेत बताएका छन् ।
पछिल्लो समय यति डिष्ट्रिलरीबाट उत्पादित ब्ल्याक चिम्नी नेपालमा मात्र नभई अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्डमा समेत राम्रो बजार लिन सफल भएको उल्लेख गर्दै उनले यो जित आफूहरुको मात्र नभई सम्पूर्ण नेपालीहरुको जित भएको समेत बताएका छन् ।

आफूहरु (यति डिष्ट्रिलरी) र मदिरा व्यवसायी सँगसँगै माथि उठौं भन्ने मनसायले शुरु देखि नै आफ्नो टीमले काम गर्दै आएको बताउँदै हरेक सुखदुखमा व्यवसायीहरुसँग आफ्नो निरन्तर साथ रहिरहने समेत केसीले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij