२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मोरङ ६ मा शेखर कोइरालासँग लालबाबु पण्डित पराजित

मोरङ ६ मा शेखर कोइरालासँग लालबाबु पण्डित पराजित

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट नेपालीँ कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् ।

कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै आफू निर्वाचित भएका हुन् । उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।

गत चुनावको बदला लिंदै कोइराला विजयी भए । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij