२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मोबाइल नम्बर- एक कथा

मोबाइल नम्बर- एक कथा

– ऋषिराम पाण्डेय

लामो समयको कुराकानीपछि उसले मेरो फोन नम्बर मागी । उसलाई भेटेको यो पहिलो पटक हो । पहिलो भेटमै ऊ यति आत्मीय भइ कि यो मेरो जीवनमै घटेको पहिलो घटना हो ।

‘तिम्रो मोबाइल नम्बर देउ न ।’ ऊ स्वभाविक रुपमा बोली ।

‘छैन ।’ मैले छोटो जवाफ फर्काएँ ।

‘किन मलाई फोन नम्बर दिनु हुँदैन ?’ उसले शंका व्यक्त गरी ।

‘हुन्छ’ । ‘किन नभनेको त ?’

‘नभएको कसरी भन्नु ?’ मैले विश्वास दिलाउन खोजें ।

उसले अझै पनि विश्वास गरिन । मैले अन्त्यमा उसलाई विश्वस्त बनाएँ ।

‘किन तिमीले मोबाइल नलिएको ?’ उसले अर्को प्रश्न सोधी जुन प्रश्नको जवाफ दिन मलाई एकदमै कठिन भयो । ‘त्यसको खासै कारण छैन ।

’ उसले मेरो यो उत्तरलाई ध्यान नदिएझैं गरी अर्को प्रश्न तेस्र्याई । ‘कुनै न कुनै कारण त अवश्य छ यसमा, भनन के कारण हो ?’ ‘मलाई मन नै पर्दैन ।’ ‘किन ।’ यसले ठाडो प्रश्न सोधी ।

‘थाहा छैन ।’ म उम्किन खोजें । ‘भन्नै पर्छ ।’ उसले जिकिर गरी ।

‘हुॅदै नभएको कुरा कसरी भन्ने ।’ ऊ ठाउँमा आएजस्तो छ ।

पहिलो भेटमैं सानुले आत्मीय व्यवहार देखाई अर्थात् भनौं यति खुलेर बोली आजसम्म कोही पनि यसरी खुल्न सकेको थिएन ।

धेरै समय दुवैजना नबोलेपछि सानु बोली– ‘तिमीलाई कहाँ फोन गरुँ मैले ?’ ‘फोन गर्नैपर्छ र ?’ ‘किन पर्दैन ।’ म अवाक हुन बाध्य भएँ । ‘तिम्रो ठट्टा गर्ने शैली मन पर्यो मलाई ।’

‘ए ! मलाई जोक्कर ठानेकी ?’ ‘कस्तो लाग्छ ?’ ‘तिमी नि ?’ ‘संगत कस्को ?’ उसले हाँस्दै भनि । दुवै हाँस्यौ ।

‘ल्याण्डलाइनमा फोन गरे हुँदैन ?’ मैले प्रशंग बदलें ।

‘हुन्छ ।’ उसले अनुहारमा कुनै प्रतिकृया व्यक्त नगरिकन भनी ।

मैले उसलाई ल्याण्डलाइन फोन नम्बर दिएँ । एक दिन फोन आयो । सानुकै रहेछ । ‘विनय चिन्यौ ?’ उसको बोली मैले चिनीहालें ।

मलाई उसको बोली मन पर्छ । उसको बोली मन पर्नाको कारण उसको बोलीमा भएको पृथकपन हो । त्यसैले मैले उसको बोली बिर्सिन्न ।

‘के छ हालखबर ?’ मैले सोधें । ‘ठीक छ ।’ ‘आज त फोन गर्यौ नि ?’

‘हो ।’ ‘कसरी सम्झ्यौ त आज ?’

‘सम्झेको आज मात्र होेइन । के फोन गर्नु मात्र सम्झनु हो र ?’

‘मैले त्यसो भन्न खोजें ।’

‘अनि के त ।’ उसले निर्दोष बच्चालेजस्तै बोली ।

‘के कुरामा व्यस्त छौ अहिले ?’ मैले बिषय बदलें ।

‘आफ्नै करियरमा व्यस्त छु ।’

‘कस्तो करियर ?’

‘जीवनमा केही गर्नुपर्छ भन्ने भावनालाई साकार पार्न चाहान्छु ।’

‘के गर्नु पर्छ जीवनमा ?’ मैले ठट्टा गर्ने शैलीमा बोलें ।

उसले यस्तो ठट्टाको अपेक्षा नै गरेकी थिइन सायद । उसले नराम्रो मानी । एकैछिन केही बोलिन । मैले माफी माग्दै भनें ।आइएम सरी ।

’ ‘इडियट ।’

बल्ल उसको आवाजमा खुसी भरियो ।

‘आज के हो थाहा छ तिमीलाई ?’

‘अँह, के हो ?’ ‘कस्तो मान्छे तिमी पनि, आज भ्यालेन्टाइन डे हो ।’

‘ए ।’ मैले महत्व दिइन उसको महत्वपूर्ण दिनलाई ।

‘आज कसरी मनाउने योजना छ ?’

‘मेरो कुनै योजना छैन ।’

‘आज हामी भेटौं ।’

‘मलाई फुर्सद छैन ।’

‘के छ काम ?’ ‘पत्रिकाकै काममा व्यस्त छु ।’

‘प्लिज एक दिन मेरो लागि समय देउन ।’

‘आज फुर्सद छैन, भोलि भेटौंला ।’

‘आज भेट्दा राम्रो हुन्छ ।’

‘किन ?’ ‘के कुरा हो फोनमा भन्दा हुँदैन ?’

‘हुदैन ।’ आक्रोस पोख्दै उसले प्रतिक्रिया दिई ।

‘समय थोरै छ, छोटो समयका लागि यतै आउ न ।’ उसको आक्रोशका अगाडि भन्नै कर लाग्यो ।

‘हुन्छ ।’

वास्तवमा म आज फुर्सदमा नै थिएँ, तर उसलाई भेट्ने इच्छा थिएन मेरो । किन उसले मरिहत्ते गरिरहेकी छे, थाहा छैन ।

ऊ आई । उसले मुस्कुराउँदै मलाई बोलाई । विनय भन्दै मतिर अगाडि बढिरहकी छे । मैले उसको अभिव्यक्तिलाई सामान्य रूपमा लिएँ । सुरुमै मैले उसलाई सोधें ‘के भन्न चाह्न्छ्यौ ?’

‘अहिले भन्न सक्तिन ।’

‘कहिले भन्छ्यौ त ?’

‘छिट्टै ।’ त्यसपछि ऊ केही बोलिन ।

झोलाबाट केही कुरा निकालेर मलाई दिंदै भनी– ‘यो तिम्रोलागि उपहार ।’

मैले आज्ञाकारी बालकले झैं समातें उसले दिएको उपहार । सानुले खासै कुरा गरिन । केहीछिनपछि उसले छुट्टिने कुरा गरी, मैले उसलाई विदाइ गरें । मैले कोठामा आएर उसले दिएको उपहार हेरें । एउटा डायरी र पेन रहेछ । डायरीभित्र एउटा लामो चिठ्ठी फेला पारें ।

उसले लेखेकी थिइ– प्रिय विनय, मैले यो पत्र लेखेकोमा माफी चाहन्छु । तिमीलाई मन परे पनि, मन नपरे पनि तिमीले वास्तविक कुरा थाहा पाउनुपर्छ । तिमीलाई थाहा हुनुपर्छ किन मैले तिमीलाई सताइरहेकी छु । जब हामी पहिलोपल्ट भेट्यौं मलाई लागेको थियो हामी धेरै समयदेखि परिचित छौं, कुनै केटासँग त्यति खुलेर कुरा गरेको त्यो पहिलोपटक हो । तिमीले नै मलाई अनौपचारिक बनायौ । वास्तवमा तिमीजस्तै केटा मन पर्छ मलाई । तिमीलाई मेरो बारेमा जानकारी दिन पाउँदा एकदमैं खुसी लागेको छ मलाई । तिमीलाई दुख लागे पनि दयाको भीख माग्नका लागि यो पत्र लेखेकी होइन । जब म आफ्नो किशोरावस्थाको अन्तिम दिनहरुमा थिएँ, ती दिनहरुमा मलाई लाग्थ्यो मभन्दा सुन्दर कोही छैन, मभन्दा भाग्यमानी कोही छैन । यसैक्रममा मलाई एकदिन पाठेघरको समस्या देखा पर्यो । मैले सबै ठाउँमा चेक गराएँ तर रोग पत्ता लाग्न सकेन । अब एउटै विकल्प थियो क्यान्सर अस्पत्तालमा देखाउनु । मैले भरतपुर क्यान्सर अस्पत्तालमा चेक गराएँ । त्यहाँ एउटा अत्यन्तै पीडादायी कुरा बाहिर आयो मलाई क्यान्सर भएको । यस्तो अकल्पनीय कुरा सुन्दा म मुनिको जमीन भासिएजस्तै लाग्यो । म कहाँ थिएँ नै थाहा भएन । त्यतिबेलासम्मका सारा सपनाहरू चकनाचुर भए झैं भयो । म नै संसारकी सबैभन्दा अभागी व्यक्ति भएजस्तो लाग्यो । म सामान्य परिवारमा जन्मिएकी हुॅदा उपचारका लागि पर्याप्त पैसा पनि थिएन । म घरमैं बस्न थालें । तर घरमा बस्दा पनि अति नै समस्या देखा पर्न थाल्यो । घरका व्यक्तिहरुले हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको थियो । समाजले त केही पनि नराखिकन लान्छना लगाउन थाल्यो । एक दिन मैले दृढ अठोट गरें घर छोड्ने । मसँग भएको केही पैसा साथमा लिएर म घरबाट हिंडें । मलाई डर पनि लागिरहेको थियो अब कहाँ जाने भन्ने । अन्ततः मैले काठमाण्डौ नै जाने निर्णय गरें । काठमाण्डौ पुगेर म एक्लै बस्न थालें । बिभिन्न साथीहरुसँँग भेटघाट भयो । सरि

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij