२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मेरो रुचिको क्षेत्र खेलकुद (कक्षा ५ का प्रशान्त घिमिरेकाे लेखन)

मेरो रुचिको क्षेत्र खेलकुद (कक्षा ५ का प्रशान्त घिमिरेकाे लेखन)

हाम्रो जीवनमा गरिने विभिन्न क्रियाकलापहरु मध्ये खेलकुद पनि एक हो । हामी बालबालिकाका लागि खेलकुद एक महत्वपुर्ण मनोरञ्जनको साधन पनि हो । प्रत्येक देश, शहर, विद्यालय वा परिवारले आ–आफ्नो सन्ततीको सन्तुलित मानसिक र शारीरिक विकास गर्नका लागि खेलकुदमा उचित ध्यान पुर्याउनु जरुरी छ ।

हामी विद्यार्थीहरु विद्यालयमा वा घरमा अध्ययन गरिरहँदा खेलकुदले मनोरञ्जन त दिन्छ नै यस बाहेक कतिपय हाम्रा दाजुदिदीहरुले खेलकुदकै क्षेत्रमा लागेर उच्च प्रगति पनि गरिरहनुभएको छ । उचित, संरक्षित र बालमैत्री वातावरणमा हुर्किंदै गरेका हामी जस्ता कोपिलाहरुमा विभिन्न प्रतिभा लुकेको हुन्छ । हामी आजका साना कोपिला हौं । भोलि भविष्यमा हाम्रो रुचि र क्षमतालाई पहिचान गरीे खेलकुद क्षेत्रमा लागेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्न सकिन्छ ।

बालबालिकालाई आ–आफ्नो रुचिअनुसारको क्षमता विकास गराई अघि बढाउन हाम्रो विद्यालय पुष्पसदन आवाशीय मा.वि. कीर्तिपुरले पनि पढाइ बाहेक विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गरिरहेको छ । त्यहाँ विभिन्न खेलकुद, नृत्य, गायन, जिवनोपयोगी शिक्षा तथा मानसिक विकास गर्ने चित्रकला, हाजिरीजवाफ, वादविवाद आदि हुने गरेका छन् । जसमध्ये बास्केटबल र चेसमा हाम्रो विद्यालयले धेरै राम्रो प्रर्दशन गरिरहेको छ ।
म पनि कक्षा ३ देखि नै कराँतेमा भाग लिँदै आएको छु र हाल सेतो बेल्टमा सफलता प्राप्त गरि ओरेन्ज बेल्टमा सीप आर्जन गर्दैछु । भविष्यमा कराँतेको सक्रिय खेलाडी भएर देशविदेशमा चिनिने मेरो इच्छा रहेको छ ।

(प्रशान्त घिमिरे कक्षा पाँच कीर्तिपुरकाे पुष्पसदन मा.वि. मा कक्षा ५ मा अध्ययनरत छन् ।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij