सन् २०१७ को मार्च महिनामा सेवा सुरु भएको Medsaala.com (मेडशाला डट कम) नेपालको एक मात्र औषधीहरुको सर्च इन्जिन medicinal search engine हो । Search your medicines here.. र A home of your medicine लाई यस कम्पनीको दुईवटा मुख्य नारा दिईएको छ । र सुचना संकलनको हिसाबले यो नेपालको सबैभन्दा ठुलो मेडिसिन सर्च ईन्जिन हो ।
औषधिहरुको जानकारीहरु, स्वास्थ क्षेत्रका रोजगारीका सुचनाहरु, स्वास्थ्य क्षेत्रका समाचारहरु, औषधी कम्पनीका विवरणहरु आदिको जानकारी Medsaala.com मा निःशुल्क प्राप्त गर्न सकिन्छ । Medsaala का संस्थापक सन्तोष तिवारी, ब्याचलर्स इन फार्मेशी अध्ययनरत २४ बर्षे युवा हुन उनी यही देशमा नै केहि नयाँ गर्नुपर्छ भनेर लागिपरेका छन् ।
Medsaala.com ले प्रथम १० महिना पार गरिरहँदा पनि यो नेपालको एक मात्र र भरपर्दो औषधीहरुको सर्च इन्जिन (medicinal search engine) को रुपमा आफुलाई विकाश गरिरहेको छ । यसमा औषधिका सुचना खोजी गर्न उक्त औषधीको Brand Name तथा Generic Name (composition) दुबै खोजी गर्न सकिन्छ ।
डाक्टर, फर्मासिस्ट, नर्स, औषधी कम्पनी, अस्पताल, फार्मेशी, क्लिनीक आदिले यसबाट लाभ लिन सक्दछन् । साथै स्वास्थ्य विज्ञान संकायका विद्यार्थीहरु, रोजगारीको अवसर खोजी गरिरहनुभएका व्यक्तिहरु समेतले यस साईटबाट निःशुल्क लाभ लिन सक्नुहुनेछ ।
निकट भविष्यमा दक्षिण एशिया लगायत अन्य देशमा उत्पादन भएका औषधीहरु समेत थप गर्ने र साथै अनलाईन फार्मेसी सेवा समेत सञ्चालन गर्ने योजना कम्पनीको लक्ष्य भित्र रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij