वाम गठबन्धनको सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ । एमाले र माओवादी सम्मिलित कार्यदलले सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालीन कामको सन्दर्भमा मेडिकल कलेज सरकारले नै चलाउनुपर्ने सुझाव तयार पारेको छ ।
पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले वाम गठबन्धनको घोषणापत्रमा आधारित रहेर सरकारले गर्नुपर्ने कामका प्राथमिकता तय गरेको छ ।
कार्यदलले सोमबारसम्म मस्यौदा तयार पारी संयोजन समितिमा बुझाउँदैछ । कार्यदलमा एमालेबाट भीम रावल, डा. विजय पौडेल र डा. युवराज खतिवडा सदस्य छन् भने माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र मीनवहादुर श्रेष्ठ सदस्य छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij