२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मुख्यसचिवमाथि खनिए मन्त्रीहरू

मुख्यसचिवमाथि खनिए मन्त्रीहरू

शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरुले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौं।

सिंहदरबारमा बिहान १० बजे सुरु भएर २ बजेसम्म चलेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरु सचिवहरुले टेर्न छाडेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध खनिएपछि तनाव उत्पन्न भएको थियो।

बैठकको अधिकांश समय यसै विषयमा बित्यो ।

बैठकमा मन्त्री-मन्त्री र मन्त्री-मुख्यसचिवबीच आरोप प्रत्यारोप भएपछि प्रधामन्त्री देउवाले हस्तक्षेप गर्नुपरेको थियो ।

नयाँ प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार मुख्य सचिव रेग्मी र सचिवहरुले काम गरिरहेको तथा आफूहरूलाई नटेरेको आरोप मन्त्रीहरुले लगाएपछि बैठक असहज बनेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij