२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

महोत्तरीमा १० जनाको मृत्यु मदिरा सेवनकै कारण भएको पुष्टि

महोत्तरीमा १० जनाको मृत्यु मदिरा सेवनकै कारण भएको पुष्टि

जनकपुरधाम । महोत्तरीमा अज्ञात रोगबाट मृत्यु भएको भनिएका १२ जनामध्ये १० जनाको मदिरा सेवनकै कारण ज्यान गएको खुलेको छ ।

महोत्तरीको भंगहा नगरपालिका ६ र ७ तथा बर्दिवास नगरपालिका १२ का गरी १२ जनाको अज्ञात रोगले मृत्यु भएको भनिएकोमा १० जनाको रक्सी सेवनकै कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार १० जनाको रक्सी सेवनका कारण, १ जनाको औंलो रोगका कारण र १ व्यक्तिको अचानक मृत्यु भएको हो । स्वास्थ्य सेवा विभागबाट आएका मेडिकल टिमका डा. अमृत पोखरेल, जिल्ला तथा प्रदेश टिमका चिकित्सक तथा स्वास्थ्यकर्मी एवं धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत आएका चिकित्सकको टोलीले मृतक प्रत्येक परिवारसँग सोधपुछ गर्दै अनुसन्धान गरेको चौधरीको भनाइ छ ।

सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवलकिशोर साह सोमबार अनुगमन गर्न पुगेका थिए । त्यस क्रममा अनुसन्धान गर्न आएका चिकित्सकले मृत्युको कारण रक्सी नै भएको बताएका थिए । मृतक परिवारलाई किरिया खर्चका लागि एक एक लाख उपलब्ध गराउने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij