२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

“महालक्ष्मी विकास बैंकको नयाँ वर्षको अवसरमा ७.९९ प्रतिशतमै घर कर्जा

“महालक्ष्मी विकास बैंकको नयाँ वर्षको अवसरमा ७.९९ प्रतिशतमै घर कर्जा

काठमाडाैं, २९ चैतः महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गर्दै महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न/ निर्माण गर्न /पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्ने भएको हो ।

यसका लागि कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरिएको हुनुपर्ने बैंकले जानएको छ । यस कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट” बाट ग्राहक केन्द्रित बैंकको अन्तराष्ट्रिय अवार्ड समेत प्राप्त गरेको छ भने मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij