२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

महाभियोग लगाउनेबारे संसदको नयाँ नियम

महाभियोग लगाउनेबारे संसदको नयाँ नियम

काठमाडौं – संविधान संशोधन तथा संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाभियोग लगाउनेबारे संसदले नयाँ नियम बनाउने भएको छ । आजको नयाँ पत्रिकाको पृष्ठ ३ मा यो खबर छापिएको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा छलफलका लागि प्रस्तुत यसअघिको व्यवस्थापिका संसदको भन्दा केही फरक नियम समेटिएको छ । संघीय संविधानअनुसार प्रदेशसभासमेत गठन भइसकेकाले संविधान संशोधनबारे केही नयाँ प्रावधान संघीय संसदले अघि सारेको छ ।

कुनै प्रदेशको सिमाना परिवर्तन गर्नुपरे सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने संघीय संसदको नियमावलीमा राखिएको छ । संविधानको अनुसूची ६ मा समावेश प्रदेशका अधिकार सम्बन्धी संसोधन गर्नुपरेपनि प्रदेश सभाको सहमति लिनुपर्ने गरी संघीय संसदको नियम बन्दै छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij