२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

महानगरीय फोहर व्यवस्थापन र सरसफाईमा कार्यरत अग्रपंक्तिका श्रमिक एवं कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच (PPE) हस्तान्तरण

महानगरीय फोहर व्यवस्थापन र सरसफाईमा कार्यरत अग्रपंक्तिका श्रमिक एवं कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच (PPE) हस्तान्तरण

जनस्वास्थ्य तथा वातावरण प्रव द्र्धन केन्द्रले दोश्रो चरणमा सम्बन्धित सरोकारवाला महानगरीय फोहोर व्यवस्थापनमा कार्यरत संस्थाहरुका प्रमुखहरु र श्रमिकहरुसँगको समन्वय र संयोजकत्व एवं Asia Monitor Resource Center (AMRC)को सहयोगमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य प्रवद्र्धनार्थ अति आवश्यकीय सेवा जस्तै महानगरपालिका, नगरपालिकाका घरायसी फोहर व्यवस्थापन र सरसफाईमा कार्यरत अग्रपंक्तिका श्रमिक तथा कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच  हस्तातरण गरिएको छ ।
उक्त पिपिइ सामाग्री ललितपुरको महानगरपालिका सहित विभिन्न नगरपालिकामा कार्यरत नेप्सेम्याक प्रा.लि र नेपाल फुलवारी सेवा प्रा.लि.मा कार्यरत श्रमीकहरुलाई हस्तान्तरण गरिएको हो ।

हाल सम्म दुई चरणमा गरी महानगरीय फोहर र स्वास्थ्य संस्थाजन्य फोहर ब्यवस्थापन एवं सरसफाईमा कार्यरत ५० जना अग्रपंक्तीका श्रमीक एवं कर्मचारीहरुका लागि पूरै शरीर छोप्ने गाउन, मास्क एवं एकजोर पञ्जा सहितको व्यक्तिगत सुरक्षा कवचका सेटहरु अस्पतालका निर्देशक, हाउस किपिड्ड ईन्चार्ज, सम्बन्धित शाखा प्रमूख, महानगरीय फोहर ब्यवस्थापन सेवा प्रदायक कम्पनीहरुका प्रमूख लगायत टेड युनियनका प्रतिनिधहरुको समुपस्थितिमा केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहबाट हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।

अनिश्चितकालिन कोभिड महामारीमा आजको विश्व श्रम, सुरक्षा, स्वास्थ्य र आर्थिक मन्दीको दुरावस्थामा सम्पूर्ण मानवजातीको सुस्वास्थ्य तथा उच्च आर्थिक पुनरुत्थानको सुभेक्षा राख्दै अग्रपंक्तीमा कार्यरत अति आवश्यकीय सेवा जस्तै महानगरीय, घरायसी, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाईमा कार्यरत अग्रपंक्तीका कर्मचारीहरुलाई प्राथमिकतामा राखी वितरण गर्नुका पछाडी कोभिड महामारीका बेला घरघरबाट निस्कने फोहरको व्यवस्थापनमा खटिने कर्मचारीहरुको सुरक्षा विचार गर्दै सम्बेदनशिलतामा ध्यान केन्द्रित गरिनु हो ।

खास गरी श्रमीकहरुलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी रोजगारदाता कम्पनी तथा निकायहरुको हुने नेपाल सरकारले लागु गरेका श्रम ऐन २०७४ एवं श्रम नियमावली २०७५ तथा हालैका महिनाहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड अस्पताल, क्वारेन्टिन वा आईसोलेशन केन्द्रहरुको व्यवस्थापनका लागि लागु गरीएका मापदण्डहरु र सञ्चालन निर्देशिकाहरुमा व्यवस्था रहेपनि अहिले कोभिड महामारीको बेला सबै पक्षसँग आवस्यक श्रोत साधन तथा व्यक्तिगत सुरक्षा कवच ९एएभ्० को आभाव सर्वत्र रहँदै आएको छ ।

बन्दाबन्दिको सहजता संगै काममा फर्किँदै गर्दा र हालैको काठमाडांै उपत्यकाको पनि अधिकांस ठाउँहरुमा कोभिडको संक्रमण फैलिँदै गर्दा अपनाउनुपर्ने सम्पूर्ण पुर्व सावधानीहरु जस्तै आवस्यक सुरक्षा कवच, स्यानिटाईजर, सामाजिक एवं भौतिक दुरीको कडाईका साथ पालना संगै घर, गाउँ, टोल, बजार, अस्पताल लगायतका कार्यस्थलहरुलाई पनि निसंक्रमित र सरसफाई गर्दै यान्त्रिक उपकरण एवं औजारहरुको पूर्ण परीक्षण गर्न गराउनुपर्नेे आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij