२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

'मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो जिद्दी नगर्न डा. केसीलाई गृहमन्त्रीको चेतावनी

‘मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो जिद्दी नगर्न डा. केसीलाई गृहमन्त्रीको चेतावनी

‘मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो जिद्दी नगर्न डा. केसीलाई गृहमन्त्रीको चेतावनी

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ‘मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो जिद्दी नगर्न आग्रह गर्दै नागरिकको शान्ति सुरक्षाका लागि माइतीघर मण्डलामा प्रदर्शन निषेध गरिएको बताएका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेका थापाले माइतीघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने डा. गोविन्द केसीको मागप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

आगामी साउन १ गतेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरिएको जानकारी दिँदै थापाले अधिनायकवाद होइन, सरकार विधिअनुसार चल्ने दाबी गरे ।

पत्रकार सम्मेलनमा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले काठमाण्डुका ७, ललितपुरका ६ र भक्तपुरको एउटा ठाउँलाई विरोध प्रदर्शनका लागि तोकिएको जानकारी दिए । यसअनुसार काठमाण्डुको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्दको खुला क्षेत्रका लागि विरोध प्रदर्शनका लागि स्थान तोकिएको छ ।

त्यसैगरी ललितपुरका ६ स्थान (च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटार) र भक्तपुरको सल्लाघारी खुला मैदानलाई पनि विरोध प्रदर्शनका लागि तोकिएको छ । तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कारबाही गरिने प्रजिअ शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij