२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मदिरा महासंघकाे देशभर रक्तदान सम्पन्न

मदिरा महासंघकाे देशभर रक्तदान सम्पन्न

शहिद दिवसको अवसर पारेर नेपाल मदिरा व्यवसायी महासंघले देशभर नै रक्तदान कार्यक्रमको आह्वान गरेकोमा उत्साहपूर्ण सहभागिताको साथ रक्तदान कार्य सम्पन्न भएको छ ।
काठमाडौं उपत्यकामा मदिरा व्यवसायी संघ काठमाडौं र मदिरा व्यवसायी संघ ललितपुर सहित महासंघले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्यो ।

प्रदर्शनीमार्ग स्थित विणा चेम्बरमा आयोजना गरिएको रक्तदान कार्यमा नेपालमा सबैभन्दा बढी पटक रक्तदान गर्ने प्रेम सागर कर्माचार्यको समेत उपस्थिति रहेको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्य लामो समय देखि निःस्वार्थ रुपमा रक्तदान कार्यमा संलग्न रहँदै आएका छन् ।

महासंघले अघिल्लो बर्ष देखि शहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम शुरु गरेको हो । पछिल्लो समय मदिरा व्यवसायी महासंघ विभिन्न सामाजिक गतिविधिहरुमा केन्द्रित हुन थालेको छ । जसले गर्दा मदिरा व्यवसायीहरुलाई हेर्ने नजर समेत परिवर्तन हुँदै गएको छ ।
उता महासंघकै आह्वानमा मदिरा व्यवसायी समिति पोखराले आयोजना गरेकाे रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको समितिका अध्यक्ष तारानाथ ढुंगानाले बताए ।

यसैगरी महासंघले फागुन ५ र ६ गते तेस्रो राजन स्मृति अन्तर मदिरा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको छ । यसमा मदिरा व्यवसायी, उद्योगी र मदिरा आयातकर्ता सहभागि हुन पाउनेछन् । यसमा मेन्स सिंगल, मेन्स डबल र भेन्टास सिंगल गरी ३ किसिमका खेलहरु आयोजना हुनेछन् ।


स्मरण रहोस्, महासंघका केन्द्रिय सदस्य राजन सापकोटा कार्यसमिति सदस्य रहेको समयमा नै दुर्घटनामा मृत्यु भएको थियो । उनैको सम्झनामा ब्याडमिन्टन आयोजना शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij