गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत नुवाकोटको निर्वाचन क्षेत्र नं. २ (क) बाट बाम गठबन्धन अन्तर्गत नेकपा एमालेको तर्फबाट उमेद्वार भई ७२८० मतान्तरले विजयी केशव पाण्डे विजय पश्चात् मतदातासँगको भेटघाट र धन्यवाद ज्ञापनमा जनताको घर दैलोमा पुगेका छन् ।
बाम गठबन्धनका तर्फबाट विजयी पाण्डेले २०,००९ मत पाएका थिए भने लोकतान्त्रीक गठबन्धनका उमेद्वार नेपाली काग्रेसका जगदिश्वर नरसिंह केसीले १२७२९ मत पाएका थिए ।
उक्त प्रदेश अन्तर्गतका २ वटा बेल्कोटगढी र विदुर नगरपालिकाका २१ वटा वडा मध्य वटा वडामा जनतासँग प्रत्यक्ष भेटघाट गरी जनताका गुनासा, आशा, विकासका खाका र जनताका आवश्यकता समेत महशुस गरिरहेका छन् विजयी केशव पाण्डे ।
जनतासँगको भेटघाटका क्रममा उहाँले जनताले दिएको मतको उच्च सम्मान गर्दै जनताका आशा र इच्छा विपरितका कुनै पनि कार्य नगरी आफ्नो कार्यकालभरी सुन्दर र समृद्ध नुवाकोटको जनताको चाहना पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनी भन्छन्, ‘नुवाकोट विकासको उच्च सम्भावना भएको जिल्ला हो, ५ बर्ष भित्र नुवाकोटलाई एकिकृत सहर निर्माण गरी नुवाकोटलाई smart city को रुपमा विकास गर्नेछु, यो असम्भव छैन ।’
राजेन्द्र गजुरेल, नुवाकाेट

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij