
काठमाडौं । सरकारले मंसिर महिनामा राजस्व संकलनमा उल्लेख्य सुधार गरेको छ । यो मंसिरमा सरकारले ८८ अर्ब २७ करोड राजस्व संकलन गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालय अन्तरगतको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)का अनुसार उक्त राजस्व मासिक लक्ष्यको करीब ९२ प्रतिशत हो । मंसिरमा ९६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।
मंसिर मसान्त आर्थत् गत शनिबारमात्रै १६ अर्ब ३५ करोड राजस्व संकलन भएको छ । यसमध्ये केही हिस्सा एफपीओको प्रिमियम र मर्जर तथा प्राप्तिमा लगाइएको ‘बार्गेन पर्चेज गेन’को कर समेत समावेश छ ।
यस्तो करबाट महिनाका अन्तिम दुई दिनमा करीब १३ अर्ब राजस्व उठेको छ । यसरी उठेको राजस्वलाई छाड्ने हो भने पनि नियमित रुपमा मंसिरको राजस्व संकलन अघिल्लो सालको तुलनामा २० प्रतिशत बढ्ने नै थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij