‘नेपाली जुत्ताचप्पल प्रयोग गरौं, स्वदेशी उत्पादनमा गर्व गरौं’ भन्ने नाराको साथ नेपालका चर्चित ब्राण्डका जुत्ता उत्पादक कम्पनीहरुले विवाहको समयलाई लक्षित गरी ‘शुभविवाह जुत्ता सेल मेला’ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरेका छन् ।
नेपालमा नै उत्पादित उच्च गुणस्तरका जुत्ताचप्पलहरुको नेपाली उपभोक्ताबीच लोकप्रियता बढिरहेको अवस्थामा यस मेलाले विदेशबाट आयातित कमसल जुत्ताचप्पलहरुलाई विस्थापन गरी नेपाली श्रम, सीप र पुँजीलाई बढावा गर्ने विश्वास मेला आयोजकको छ ।
मेलाका विशेषताहरु :
१. मेलामा विवाह तथा पार्टीको लागि कउभअष्बििथ मभकष्नल गरिएका कगउभच उबकथ कजयभक उपलब्ध छन् ।
२. नयाँ डिजाइनका २ सय ५० भन्दा बढी मोडलका जुत्ताहरु मेलामा सार्वजनिक हुनुको साथै मेलामा १ हजार भन्दा बढी मोडलका जुत्ताचप्पलहरु उपलब्ध छन् ।
३. मेलामा महिला तथा पूरुषको लागि आकर्षक डिजाइनका जुत्ताचप्पलहरु एउटै छाना मुनि उपलब्ध छन् ।
४. मेलामा भेनस शुज, पारागन शुज, फुटस्टेप, वोश शुज, केटिएम शुज, जालपा फुटवेयर राइट शुज लगायतका चर्चित ब्राण्डका उत्कृष्ट उत्पादनहरु मेलामा उपलब्ध छन् ।
५. हरेक जुत्तामा ६ महिनाको वारेन्टी सुविधा उपलब्ध छ ।
६. नेपाली जुत्ताहरुको लोकप्रियता अझ बढाउन हरेक डिजाइनका जुत्ताहरु फ्याक्ट्री लागतमा नै उपलब्ध गराइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij