२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

भृकुटीमण्डपमा माैलिक स्वदेशी उत्पादन अवलाेकन गर्ने भाेलि अन्तिम दिन

भृकुटीमण्डपमा माैलिक स्वदेशी उत्पादन अवलाेकन गर्ने भाेलि अन्तिम दिन

काठमाडाैं । घरेलु तथा साना उद्योग महासंघबाट सञ्चालित भृकुटीमण्डपको प्रदर्शनी मेलामा मानिसहरुको उपस्थिति बढ्दो छ ।

उक्त मेलामा सहअायाेजककाे रूपमा अर्गानिक एसोसिएसन नेपाल र कञ्चनजंगा टि स्टेटले समेत सहकार्य गरेका छन् ।

६ गते अर्थात भाेलि सम्म चल्ने मेलामा मेलामा देशभरका उत्पादकहरुले उत्पादन गरेका नेपाली मौलिक उत्पादनहरु प्रदर्शनी तथा बिक्रीको लागि राखिएको छ ।

मेलामा अल्लो, हेम्प, ढाका कपडा, अचार, हस्तकला, चिया, कफी, मौलिक अन्न बाली, जडिबुटी, फलफूल, डेरी, मह लगायतका उत्पादनहरु मेलामा प्रदर्शनको लागि राखिएको छ ।

यसपटकको मेलामा अधिकांश सामानहरु महिला उद्यमी तथा  साना तथा घरेलु उद्योगीहरुबाट उत्पादित सामान बढी देख्न पाइन्छ ।

नेपाली माैलिक उत्पादन र संस्कार एवं परम्पराकाे रक्षा गर्न स्वदेशी वस्तुहरूकाे स्वदेशी बजार प्रवर्द्धमा मेला फलदायी हुने सहभागीहरूकाे विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij