२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

भुईचम्पादेवी नमुना टोल विकास संस्थाको अध्यक्षमा बाबुराम थापा निर्विरोध

भुईचम्पादेवी नमुना टोल विकास संस्थाको अध्यक्षमा बाबुराम थापा निर्विरोध

भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ९ स्थित भुईचम्पादेवी नमुना टोल विकास संस्थाको दशौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। भक्तपुरको निलबाराही रिसोर्टमा सम्पन्न उक्त साधारण सभामा टोलबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

साधारण सभाबाट बाबुराम थापा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् भन्ने जानकारी भुईचम्पादेवी नमुना टोल विकास संस्थाको निर्वाचन समितिले दिएको छ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष सुभाष जमरकट्टेलले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्राबारे विस्तृत जानकारी गराएका थिए। उनले भुईचम्पादेवी नमुना टोल विकास संस्थाले आफ्नो लामो इतिहास रच्दै आजको अवस्थामा आइपुग्न सहयोग, सद्भाव र सहकार्य गर्नुहुने सम्पूर्ण अग्रज, टोलबासी तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

जमरकट्टेलले यस क्षेत्रको सडक, बाटो, खानेपानी, सुरक्षा व्यवस्था, भुईचम्पा मन्दिर निर्माण, फोहोरमैला व्यवस्थापन लगायतका विविध गहन विषयमा संस्थाले खेलेको भूमिकाबारे प्रष्ट पार्दै, संस्थाको निरन्तर प्रयासकै कारण आज मध्यपुर थिमी नगरपालिका वडा नम्बर ९ मा यो टोल व्यवस्थित रूपमा स्थापित हुन सफल भएको बताए।

उनका अनुसार संस्थाको मुख्य उद्देश्य नयाँ, सुशासनयुक्त समाज निर्माण गर्दै भुईचम्पालाई सफा, सुन्दर र हराभरा बस्तीका रूपमा विकास गर्नु रहेको छ।

साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष बाबुराम थापा, उपाध्यक्ष दिपक कार्की, सचिव रेशम ठकुरी, सहसचिव बविता भट्ट तथा कोषाध्यक्ष सरीता राई रहेका छन्। त्यसैगरी सदस्यहरूमा तुलसा खड्का घिमिरे, खड्ग नारायण श्रेष्ठ, सौम्यता पोखरेल र थिरप्रसाद फुयाल चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष बाबुराम थापाले संस्थाको नेतृत्व सम्हाल्दै दिगो र व्यवस्थित बस्ती निर्माण गर्दै समाजलाई मध्यपुर नगरभित्रकै समुन्नत र उन्नत नमुना बस्तीका रूपमा विकास गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताए।

थापाका अनुसार, विगतदेखि हालसम्म आइपुग्दा टोलमा धेरै सकारात्मक परिवर्तन भएका छन्। नयाँ बस्ती भएकै कारण सुरुका दिनमा विभिन्न असहज परिस्थिति भए पनि विभिन्न जिल्लाबाट आएका दाजुभाइहरूसँग समन्वय गर्दै आज संस्थालाई यो अवस्थामा ल्याउन सफल भएकोमा उनले सबैप्रति आभार व्यक्त गरे।

“अझै धेरै काम गर्न बाँकी छन्। मेरो नेतृत्वमा ती सबै काम पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु,” अध्यक्ष थापाले भने। उनले टोलमा रहेका अव्यवस्थित बाटो, ढल तथा नागरिकहरूका दैनिक समस्या समाधानलाई निरन्तरता दिनु संस्थाको प्रमुख दायित्व भएको पनि स्पष्ट पारे।

थापाले आफूलाई सर्वसम्मत नेतृत्व सुम्पिएकोमा खुशी व्यक्त गर्दै भने, “बिगतका अधुरा कामहरूलाई प्राथमिकतामा राखी आगामी दिनमा ती सबै कार्य सम्पन्न गर्ने योजनासहित यो जिम्मेवारी लिएको छु।”

उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा आफूले गरेको काम, विशेषगरी भुईचम्पा मन्दिर निर्माण जस्तो पवित्र कार्य सफलतापूर्वक सम्पन्न गर्न सक्नु नै आज अध्यक्ष पदमा निर्वाचित हुन पाएको विश्वासको आधार भएको थापाको भनाइ थियो। उनले टोलबासीहरूले दिएको माया, स्नेह र विश्वासलाई कहिल्यै ठेस नपुग्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

आगामी दिनमा खानेपानी, ढल, व्यवस्थित बत्ती, सुरक्षा व्यवस्था लगायतका क्षेत्रमा राजनीतिक दल र स्थानीय सरकारसँग समन्वय गर्दै भुईचम्पादेवी नमुना टोल विकास संस्थालाई मध्यपुर थिमी नगरपालिका वडा नम्बर ९ कै नमूनायोग्य टोल बनाउने लक्ष्यसहित अघि बढ्ने अध्यक्ष थापाले बताए।

कार्यक्रममा नेपाल सरकारका उपसचिव, वरिष्ठ पत्रकार, चार्टर्ड एकाउन्टेन्ट (CA) लगायत विभिन्न क्षेत्रका गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनुका साथै टोलबासीहरूको सहभागितामा पिकनिकलगायतका रमाइलो कार्यक्रमहरू समेत आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij