२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

भारतले हटायो कोरोना संक्रमितलाई प्लाज्मा दिने उपचार विधि

भारतले हटायो कोरोना संक्रमितलाई प्लाज्मा दिने उपचार विधि

भारत सरकारले कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिने उपचार विधि हटाएको छ। संक्रमितलाई फाइदाजनक नभएको र गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले यो विधि हटाएको हो।

गत साता बसेको कोभिड-१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागी सबै जनाले कोरोनाबाट निको भएकाहरूको प्लाज्मा निकालेर संक्रमितलाई दिने विधि कोरोना उपचार निर्देशिकाबाट हटाउनु पर्ने धारणा राखेका थिए।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका एक अधिकारीले उक्त निर्देशिका संशोधन गर्दै प्लाज्मा थेरापी हटाइएको जानकारी दिए।

यसअघि नै वैज्ञानिकहरूले प्लाज्मा थेरापीले संक्रमितलाई कुनै फाइदा नहुने भन्दै त्यो उपचार विधि ठिक नभएको बताउँदै आएका थिए।

नेपालमा पनि कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्ने गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij