२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

भारतमा रेल दुर्घटनामा घाइतेको उपचारका लागि संघ स्वयंसेवकले गरे रक्तदान

भारतमा रेल दुर्घटनामा घाइतेको उपचारका लागि संघ स्वयंसेवकले गरे रक्तदान

 

काठमाडौं । भारतको ओडिशा प्रान्तको बालासोरमा भएको भीषण रेल दुर्घटनामा घाइतेहरूको उपचारका लागि स्वयंसेवकहरुले करिब ५०० युनिट रक्तदान गरेका छन् ।

दुर्घटना लगत्तैदेखि राष्ट्रीय स्वयंसेवक संघका सयौं स्वयंसेवक राहत र उद्धार कार्यमा जुटेका थिए । बालासोर जिल्लाको बहानागा रेलवे स्टेशन नजिकै भएको भीषण रेल दुर्घटना पछि घटनास्थलमा सधैं झैं संघका स्वयंसेवकहरू उद्धारका लागि सबैभन्दा पहिला पुगेका थिए ।

एनडीआरएफ र प्रशासनको टोली घटनास्थलमा पुग्नु अघि नै केही स्वयंसेवकहरू साढे सात बजेसम्ममा पुगिसकेका थिए । दुर्घटना भएको ठाउँ नजिकैको बाहनागा गाउँमा संघको शाखा भएको कारण सुरुमा स्वयंसेवकहरू पुगेका थिए । पछि २५० भन्दा धेरै स्वयंसेवकले दुर्घटनास्थलमा प्रशासन र राहत कार्यमा लागेका सुरक्षाकर्मीहरूलाई सहयोग गरेका थिए ।

राहत र उद्धारमा ढिलाइ हुन नदिन स्वयंसेवकहरूले अटो र मोटरसाइकलमा राखेर घाइतेहरूलाई अस्पताल लैजान थालेका थिए । उद्धारकार्यमा खटिएका स्वयंसेवक रमेश लगायतका स्वयंसेवकले प्रतिकूल परिस्थितिमा रेलको डिब्बाभित्र गएर रातभर घाइतेहरूलाई बाहिर निकालीरहेका थिए र अन्य स्वयंसेवकहरूले उनीहरूलाई अस्पताल लैजाँदै थिए । संघका स्वयंसेवकहरू अलपत्र परेका घाइते यात्रुलाई उद्धार गर्ने र एम्बुलेन्समा बसाउने काममा लागेका थिए ।

घायल यात्रिलाई अस्पताल लैजान शुरु भए पछि बालेश्वर जिल्ला अस्पतालमा संघ पदाधिकारीको उपस्थित रहेको थियो । पदाधिकारीले सेवा कार्यको निगरानी गरेका थिए । संघ पदाधिकारिको देखरेखमा करिब ५ सय स्वयंसेवकले रक्तदान गरेका थिए । केही घाइते यात्रुलाई भद्रक जिल्ला सदरमुकाम अस्पताल र सोरो मेडिकलमा लगिएको थियो । त्यहाँ संघका स्वयंसेवकहरूले सेवाकार्यको जिम्मेवारी लिंदैं रक्तदान पनि गरेका थिए ।

घटनास्थलदेखि अस्पतालसम्म राहत र उद्धारमा जुटेका स्वयंसेवकहरूले शव निकालेर एम्बुलेन्समा राख्ने, घाइतेहरूलाई अस्पताल भर्ना गर्ने, रगतको व्यवस्था गर्ने तथा खाना–पानीको व्यवस्था गरेका थिए । स्वयंसेवकले घाइतेका आफन्तलाई मोबाइलबाट कुरा पनि गराएका थिए ।

bouddhapost.com

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij