२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

भारतबाट पोखरा भित्रिने फलफुल तरकारीमा २७ प्रतिशत सम्म बिषादी

भारतबाट पोखरा भित्रिने फलफुल तरकारीमा २७ प्रतिशत सम्म बिषादी

पोखरामा छिमेकी मुलुक भारत हुदै देशका विभिन्न जिल्लाबाट दैनिक लाखौंको मुल्यका फलफुल तरकारी भित्रिन्छ । पोखरा भित्रिने फलफुल तरकारीमा प्रयोग हुने बिषादी को मात्रा नेपालकै अन्य ठाउँबाट भित्रिने तरकारीको तुलनामा भारतबाट भित्रिने तरकारीमा बढी भेटिएको छ । अनुगमन टोलीले सोमबार पोखरामा गरेको ल्याब टेष्टबाट भारतबाट पोखरामा भित्रिने फलफुल तरकारीमा २७ प्रतिशत बिषादी मिसावट भएको देखिन्छ ।

जिल्ला अनुगमन समितिले सोमबार भारत देखि देशका विभिन्न जिल्लाबाट पोखरा भित्रिएका ८ प्रकारका फलफुल तरकारीको बिषादी परिक्षण गर्दा अधिकतम २७ प्रतिशतसम्म बिषादी मिसावट भएको पुष्टि भएको बिषादी अवसेस द्रुत बिष्लेषण ईकाई शान्तिवन वाटिका पोखराले जनाएको छ ।

सोमबार विहान करिब पौने ५ बजे पोखराको शान्ति वन वाटिकामा रहेको फलफुल तरकारी बजार (कृषि उपज) मा सवारी साधनबाट ल्याउदै गरेका विभिन्न केराउ, काउली, सिमी, जुगुनी फर्सि, भेण्डा, गाजर, टमाटर र केराको नमुना लिई उक्त अवसेस द्रुत बिष्लेषण ईकाईलाई बुझाए पछि उक्त रिपोर्ट इृकाईले दिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बताए । भारतबाट ल्याईएको सिमीमा २७.१९६ प्रतिशत सम्म बिषादी भेटिएको कोइरालाले जनाए । त्यसै गरी नवलपरासिबाट ल्याइएको केरामा भने ७.५९३ प्रतिशत बिषादी भेटिएको छ भने चितवनबाट पोखरा आउने काउलीमा ५.८९८ प्रतिशत बिषादी, हेटौंटाबाट आउने भेण्डामा १४.१९९ प्रतिशत बिषादी मिसावट भएको ईकाईले जनाएको छ । ईकाइको रिपोर्टको आधारमा भारतबाटै ल्याईएको केराउमा भने सवै भन्दा कम बिषादी अर्थात ४.०९५ प्रतिशत देखिन्छ ।

अनुगमन टोलीमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइराला, कृषि विकास कार्यालय कास्कीका कृषि प्रसार अधिकृत प्रकाश बास्ताकोटी लगायतका रहेका थियो । अनुगमन एक पटक मात्र भएर नहुने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कोइरालाले बताए । उनले भने“बजार अनुगमन नियमित हुनु पर्छ, मानव स्वास्थ्य माथि र जनताको ढाड नै सेक्ने गरी कसैले चर्को मुल्य लिएको छ भने त्यस्तालाई छाड्न हुदैन ।”

जिरो देखि ३५ प्रतिशतसम्म बिषादी मिसावट भएको फलफुल तरकारीमा स्वास्थ्यको लागि सुरक्षित अर्थात खानलायक मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्मको बिषादी मिसावट हुदा केहि दिन राखेर वा केहि सावधानि अपनायर प्रयोग गर्ने, ४५ देखि ५५ प्रतिशतसम्म बिषादी मिसाएको फलफुल तरकारी खादा खतरा हुने हुन्छ । ५५ प्रतिशत माथि बिषादी मिसावट भएको फलफुल तरकारी उपयभोग नै गर्न नहुने अबस्थामा हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij