२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

भाटभटेनीका कर्मचारीमा संक्रमण पुष्टि

भाटभटेनीका कर्मचारीमा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं स्थित एक भाटभटेनी सुपर मार्केटमा कार्यरत कर्मचारीमा कोराेना संक्रमण भएको पाइएको छ । सरकारले भिडभाड हुने स्थानमा काम गर्ने कर्मचारीहरुको कोरोना परीक्षण गराउन निर्देशन दिएपछि उनीहरुको स्वाब लिइएको थियो ।

काठमाडौंको एक भाटभटेनी शाखाका एकजना कर्मचारीमा कोरोना संक्रमण भएको पाइएपनि कुन शाखाका कर्मचारीमा भन्नेबारे खुलाइएको छैन । कर्मचारीमा कोरोना पुष्टि भएसँगै किनमेल गर्न प्रवेश गरेका ग्रहकहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने भाटभटेनी प्रसाशनले जनाएको छ ।

केहिदिनअघि भाटभटेनी, बिग मार्टलगायत बढि भिडभाड हुने क्षेत्रमा कार्यरत कर्मचारीको स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij