नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को महिला बिभागले बृहत महिला भेला सम्पन्न गरेको छ। महिला बिभागकी संयोजक सपना राईको अध्यक्षता र कांग्रेस सुनसरीका सचिव एवं प्रवक्ता सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो।
भेलाले संयोजक राईको अध्यक्षतामा २३ सदस्यीय महिला बिभाग गठन तथा बिस्तार गरेको छ। बिभागको उपाध्यक्षमा चित्र राई, सचिवमा कोपिला गौतम(भट्टराई), सहसचिवमा निर्मला अधिकारी, कोषाध्यक्षमा सरस्वती बराइली र सदस्यहरुमा दुर्गा अधिकारी, कुमारी तामाङ, अन्जु पुलामी, ज्ञानु श्रेष्ठ, सरला आचार्य, भावना चित्रकार, पुष्पा जैसवाल, सीता बिश्वकर्मा, सृजना राई, गीता लिम्बु, सिता शंकर, गीता बिश्वकर्मा, रुपा कालिकोटे, रविना लिम्बु(गुरुङ), मिना राई, सञ्जु निरौला र सानु गजमेर सर्वसम्मत चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तामाङले कांग्रेसी महिला हरेक क्षेत्रमा सक्षम भएकाले एकताबद्ध भएर सामाजिक एवं राजनीतिक क्षेत्रको अगुवाई गर्नुपर्ने बताउनुभयो। उहाँले अन्याय र अत्याचारमा परेका तथा बिभिन्न हिंसामा परेका महिलालाई न्याय दिलाउन र महिलालाई सशक्तिकरण गर्न कांग्रेसी महिला सकृय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले अहिले कांग्रेसमा मेलमिलाप र एकताको खाँचो भएको भन्दै कांग्रेसीले कांग्रेसीको बिरोध नगरी सहकार्य, समन्वय र मित्रवत व्यवहार गर्न सबैसँग आग्रह गर्नुभयो।
कार्यक्रममा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले गुट उपगुटका कारण पाटी कमजोर भएकाले महिला कुनैपनि गुट उपगुटमा नलाग्न आग्रह गर्नुभयो। क्षेत्रीय सहसचिव प्रेमकुमार राईले आपसी प्रतिशोध त्यागेर अघि बढ्नु पर्ने बताउनुभयो। कार्यक्रममा क्षेत्रीय सदस्य चित्रकुमारी राई, नगर सचिव युवराज शंकर, नेपाल महिला संघकी क्षेत्रीय सभापति नेत्रकुमारी राई, महिला नेत्रीहरु श्यामा रेग्मी, मिना पुलामी, जमुना मोक्तानलगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष तथा नेविसंघ केन्द्रिय सदस्य सागर प्रसाई, महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति संघ सुनसरी सभापति नन्दराज राई, नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष ललिता अधिकारी, पार्टी नगर सदस्य पञ्चकला राई, नेपाल महिला संघ धरानकी कार्यबाहक अध्यक्ष अञ्जना राई, महिला जनप्रतिनिधिहरु सिता पौडेल, शोभा राई, रहिसा कसजु, दिलु राई, रिता सुन्दासलगायतको उपस्थिति थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij