२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बालाजु एजुकेसन फाेरमकाे भलिबल कार्यक्रम सम्पन्न

बालाजु एजुकेसन फाेरमकाे भलिबल कार्यक्रम सम्पन्न

बालाजु एजुकेसन फाेरमले नेपालटारकाे नेशनल माेडल इड्गलिस स्कुलमा अायाेजना गरेकाे भलिबल कार्यक्रममा त्रिलाेक चिल्ड्रेन स्कुल प्रथम भएकाे छ । यसैगरी नेशनल माेडल इङ्गलिस सेकेन्डरी स्कुल द्वितीय भएकाे छ भने अादित्य  स्कुल तृतीय भएकाे छ ।

कार्यक्रम समापन सँगै सम्पूर्ण  विजेता खेलाडीहरूलार्इ सम्मान तथा पुरष्कार  प्रदान गरिएकाे छ ।

समापन कार्यक्रममा बालाजु एजुकेशन फाेरमका अध्यक्ष डिएन अधिकारी, फाेरमका उपाध्यक्ष मदन दवाडी  लगायतका विभिन्न विद्यालयका प्रिन्सिपलहरूकाे उपस्थिति रहेकाे थियाे । खेल सम्पन्न गर्न नेशनल माेडल स्कुल टीम विशेष रूपमा खटिएकाे थियाे ।

खेलकाे अन्त्यमा जुन विद्यालयकाे जित भएपनि समग्रमा बालाजु एजुकेशन फाेरमकै जित भएकाे भन्दै अागामी दिनमा पनि यस्ता क्रियाकलापहरूलार्इ निरन्तरता दिइने बतार्इएकाे छ ।

भलिबलमा ब्राइट हेभेन, ज्ञानसागर, काेहिनुर लगायतका स्कुलहरू समेत सहभागि थिए ।

खेलकुद समापन पश्चात् सेताेघर सँगकाे संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डिएन अधिकारीले खेलकुदले विद्यार्थीकाे सर्वाङ्गिण विकासकाे निम्ति ठूलाे सहयाेग पुग्ने भएकाे कारण यसकाे महत्व् अझ बढ्दै गएकाे बताउनुभयाे । साथै बालाजु एजुकेसन फाेरम यस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर रूपमा संलग्न रहँदै अाएकाे समेत बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij