२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

बालबालिकाको मनोवैज्ञानिक र संवेगात्मक पक्षमा सचेत रहँदै आएका छौंः प्रिन्सिपल पन्त

बालबालिकाको मनोवैज्ञानिक र संवेगात्मक पक्षमा सचेत रहँदै आएका छौंः प्रिन्सिपल पन्त

कलिला बालबालिकालाई मानसिक बोझ नपारी शिक्षाकाे लागि तयार गराउनुमा मुख्य जाेड

सरिता पन्त, संस्थापक प्रिन्सिपल, वेवी जोन मन्टेश्वरी स्कुल, कलंकी

कलंकी स्थित सञ्चालनमा रहेको वेवी जोन मन्टेश्वरी स्कुल विगत १९ बर्ष पहिले नै स्थापना भएको प्रि–प्राइमरी स्कुल हो । बालबालिकालाई अत्यन्तै मनोरम र पृथक वातावरण उपलब्ध गराई परिवार भन्दा बाहिरको वातावरण एवं समूहमा घुलमिल गराउन प्रभावकारी विधिहरुको यस विद्यालयले स्थापना काल देखि नै अवलम्बन गर्दै आइरहेको छ ।

लक्ष्मी पोखरेल, सरिता पन्त र विनिता पोखरेलले शुरुवात गरेको उक्त प्रि–प्राइमरी स्कुलले साना बालबालिकाको मनोविज्ञानलाई विशेष ध्यान दिँदै आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

पछिल्ला दिनहरुमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई अत्यन्तै माया र सुरक्षा प्रदान गर्ने क्रममा बालबालिका आवश्यकता भन्दा बढी परनिर्भर हुने र यसले थप जटिलताका स्थिति सृजना हुने अवस्था समेत देखिँदै आएको छ । यसले बालबालिकालाई भावी दिनमा निम्तिन सक्ने समस्यालाई लक्षित गरी यस स्कुलले विद्यार्थीको स्वभाव बमोजिम सन्तुलित वातावरण उपलब्ध गराउँदै आएको छ ।

आफूहरुले बालबालिकामा असल संस्कार विकासको लागि महत्वपूर्ण पहल गर्दै आइरहेको विद्यालयकी संस्थापक प्रिन्सिपल सरिता पन्त बताउँछिन् । प्रतिष्पर्धात्मक बजारमा पनि पृथक तवरले सेवा प्रवाह गरेको कारण आफ्नो स्कुल कलंकी क्षेत्रको लागि हाल सम्म अब्बल सावित हुँदै आएको समेत उनले बताइन् ।

विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै नर्सको समेत व्यवस्था गरिएको छ । जुन पृथक अभ्यास मान्न सकिन्छ । विभिन्न संस्थाहरुमा मनोवैज्ञानिक परामर्शदाताको रुपमा समेत भूमिका निर्वाह गरिसकेकी रश्मी लुईंटेल आफूहरुले साना बालबालिकालाई शारीरिक, मानसिक र संवेगात्मक लगायतका पक्षहरुमा कुनै भार नपर्ने गरी रमाइलो वातावरणमा अध्ययन गराउँदै आएको र पारिवारिक संस्कारलाई विशेष महत्व दिँदै आएको बताउँछिन् । लुइंटेल साना बालबालिकाको लागि विद्यालयको शिक्षा प्रयाप्त नहुने भएकोले घरमा अभिभावकले समेत उनीहरुसँग गर्ने व्यवहार सम्मानित हुनुपर्ने साथै सुरक्षित एवं उपयुक्त वातावरण सृजना गराई अनौपचारिक सिकाईमा विशेष सतर्क रहनुपर्ने बताउँछिन् ।

आफूहरुले खेल्दै सिक्ने (पढाइको भार नपार्ने) वातावरण उपलब्ध गराएको, जंक फुडहरु विद्यालयमा निशेध गरेको र सानै देखि विद्यार्थीलाई के गर्न हुने र के गर्न नहुने भन्ने कुरालाई गहन तवरले सिकाउँदै आएको संस्थापक प्रिन्सिपल सरिता पन्तले सेतोघर डट कमसँगको कुराकानीको क्रममा बताइन् ।

वेवी जोन मन्टेश्वरी सन् २००४ मा स्थापना भएको हो । त्यसबेला कलंकी क्षेत्रमा अन्य प्रि स्कुल कुनै थिएनन् । थुप्रै कार्यालयीय अभिभावकको लागि बालबालिकाको हेरचाह वोझिलो बन्दै गएको अवस्थामा प्रि स्कुल उक्त क्षेत्रको लागि आवश्यकता महसुस गरेर वेवी जोन सञ्चालनमा ल्याइएको हो ।

हाल वेवी जोनले साना विद्यार्थीको अवस्था र आवश्यकतालाई मध्यनजर गरी विद्यालय क्षेत्र भित्र र बाहिर विभिन्न कार्यक्रमहरुमा बालबालिकालाई संलग्न गराउँदै आइरहेको छ ।

आफूहरुले साना बालबालिकालाई प्रकृति, संस्कार, कला तथा सामाजिक अवस्था सँग परिचित गराउन प्रयाप्त काम गर्दै आएको विद्यालयकी संस्थापक प्रिन्सिपल पन्तले बताइन् । जंक फुड र इलेक्ट्रोनिक्स डिभाइसहरु बालबालिकाको बौद्धिक, मनोवैज्ञानिक र संवेगात्मक विकासको लागि ठूला बाधक हुने भएकोले यस तर्फ अभिभावक समयमै सचेत रहनुपर्ने पन्तको धारणा छ ।

उच्च प्रतिष्पर्धात्मक वातावरणले निम्त्याएका चुनौती सम्बन्धमा धारणा राख्दै पन्त नजिककै दूरीमा थुप्रै प्रि प्राइमरी स्कुल सञ्चालनमा आउनुको अलावा प्लस टु तहकै विद्यालयले समेत प्ले ग्रुप तथा नर्सरी कार्यक्रम लागु गरिँदा प्रि प्राइमरीकै शिक्षा प्रदान गर्ने विद्यालयलाई केही अप्ठ्यारो पर्ने स्थिति बनेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij