२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बाम गठबन्धनलाई फुटाउन ठूलो चलखेल भैरहेको छः प्रचण्ड

बाम गठबन्धनलाई फुटाउन ठूलो चलखेल भैरहेको छः प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनलाई फुटाउन ठूलो कसरत भइरहेको दाबी गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको दाबी गरेका हुन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बाम गठबन्धनलाई फुटाउन नदिन सजक र सचेत रहनुपर्नेमा पनि जोड दिए । उनले मुलुकलाई समृद्ध बनाउने बामगठबन्धनको संकल्प पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष दाहालले नयाँ सरकार बन्ने वित्तिकै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन बाम गठबन्धनले सुशासन र विकासका प्राथमिकता निर्धारण गर्न कार्यदलनै गठन गरेको पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले जनादेश अनुसार सत्ता हस्तान्तरण गर्न समेत नदिने प्रयास भइरहेको दाबी गर्दै त्यसलाई असफल बनाउन नेपाली जनताको बलियो एकताको आवश्यकतामा जोड दिए ।  नेपाललाई सुखी र समृद्ध भएको देख्न नचाहने शक्तिहरुलेनै सत्ता हस्तान्तरण प्रक्रियामा पनि अवरोध पुर्याइरहेको दावी गर्दै उनले मुलुकलाई स्थायित्व दिने, विकास निर्माणको कामलाई तीव्रता दिने र जनताको आकांक्षा सम्बोधन गर्ने चुनौती बामपन्थी नेतृत्वको सामू आएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij