
२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनबाट निर्वाचित भई सभासद बनिसकेका रामवीर मानन्धर वि.सं २०४९ र २०५४ को निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनै मानन्धर अब हुन लागेको निर्वाचनमा काठमाडौंको ७ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनको निम्ति उम्मेदवारी दिएका छन् । व्यावसायिक रुपमा बाइपास स्थित अष्टनारायण पिक्चर्स प्रा.लि सञ्चालन गर्दै आएका मानन्धर नेपालको विकास र सम्भावनाबारे राम्रो ज्ञान भएका व्यक्ति समेत हुन् ।
पर्यटन, जलस्रोत, चलचित्र, कृषि, वन, खानी, जडिबुटी लगायतका अनेकौं सम्भावना हुँदाहुँदै पनि नेपालमा अहिले सम्म अस्थिर राजनीतिको कारण विकासले गति लिन नसकेकोमा मानन्धर चिन्तित छन् ।
राजनीतिक वातावरण राम्रो बन्न सकेको खण्डमा मुलुक समृद्ध बन्नको निम्ति लामो समय नलाग्ने बताउँदै अहिलेको बामगठबन्धन समृद्ध मुलुकको निम्ति महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताउँछन् ।
हाल चुनावी दौडमा रहेका मानन्धर अघिल्लो पटकको संविधानसभाको चुनाव जनप्रतिनिधिबाट संविधान निर्माणको निम्ति भएको र उक्त कार्य पूरा भइसकेका हुँदा अबको निर्वाचनले मुलुकमा विकासको ढोका खोल्नको निम्ति आधार तयार गर्ने समेत बताउँछन् । विकासको निम्ति सबैभन्दा महत्वपूर्ण पूर्वाधारको रुपमा सडक नै रहने हुँदा सडकलाई निकै प्राथमिकताको साथ अघी बढाइएको समेत उनी बताउँछन् । मानन्धर भन्छन्, ‘नेपालमा निकै नै राम्रा सम्भावनाहरु छन् । यी सम्भावनाहरुलाई पूरा गर्नको निम्ति सबैभन्दा पहिलो पूर्वाधार भनेको सडक नै हो । यससँगै व्यवस्थित बसोबासको निम्ति नेपालमा स्मार्टसिटी अवधारणा समेत अघी सारिएको छ ।
अहिले सम्म नेपालमा निश्चित सिष्टम विकास हुन नसकेको कारण वेथिति, विकासमा अवरोध, भ्रष्टाचार, कमिसन लगायतका अनेकौं वाधाअवरोधहरु उत्पन्न हुने र विकास कार्य उपलब्धिमूलक

हुन नसकेको बताउँदै आगामी दिनमा विकासको निम्ति बाटो खुल्ने विश्वास दिलाउँदै मुलुक अब राजनीतिक तवरले स्थिरताको दिशामा प्रवेश गरेको समेत उनले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij