२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बाढीमा डुबेर मर्नेको संख्या दुई पुग्यो

बाढीमा डुबेर मर्नेको संख्या दुई पुग्यो

अविरल वर्षाका कारण आएको बाढीमा डुबेर मर्नेको संख्या दुई पुगेको छ ।

पर्साको पर्सागढी नगरपालिका–४ मा पर्ने फन्ठी खोलामा सोमबार डुबेर कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिमा रामको मृत्यु भएको थियो भने उनीसँगै डुबेर बेपत्ता भएका कक्षा ९ मै अध्ययनरत छात्र सुरेन्द्र मण्डलको मंगलबार बिहान शव भेटिएपछि मर्नेको संख्या दुई पुगेको हो ।

नेरा मावि बर्वाछटैमा सोमबार परीक्षा दिन गएका दुवै विद्यार्थी वर्षाका कारण परीक्षा रद्द भएपछि घर फर्किने क्रममा फन्ठी खोला पार गर्न लाग्दा प्रमिलाको डुबेर मृत्यु भएको थियो भने बेपत्ता भएका मण्डलको शव मंगलबार बिहान भेटिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

पर्सागढी नगरपालिका–८ निवासी जाँदोलाल साहकी छोरी प्रमिला र बाराको कलैया उपमहानगरपालिका दोहरी निवासी बुधन मण्डलका छोरा सुरेन्द्रको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको नायब उपरीक्षक थापाले जानकारी दिए । पर्साको हरपुरमा रहेको मामाघरमा रही मृतक मण्डल उक्त विद्यालयमा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ ।

वर्षाको कमीसँगै डुबान क्षेत्रबाट पानीको सतह कम हुँदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij