२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बजार माग भन्दा बढी पानी उत्पादन, व्यवसाय धराशयी हुँदै

बजार माग भन्दा बढी पानी उत्पादन, व्यवसाय धराशयी हुँदै

गोकर्ण सिलवाल, प्रबन्ध निर्देशक, अग्रज ग्रुप अफ इण्डष्ट्रिज

गोकर्ण सिलवाल विगत लामो समय देखि जारको पानी प्रशोधन गर्दै आएका व्यवसायी हुन् । उनी विगत करिब १५ बर्ष देखि यस व्यवसायमा संलग्न छन् । नेपालमा रही आफैं स्वरोजगारमूलक व्यवसायमा संलग्न हुनुपर्छ भन्ने मान्यताले उनी पानी प्रशोधन उद्योगमा जोडिएका हुन् । आफ्ना दाईले शुरु गर्नुभएको पेशामा संलग्न भएका व्यवसायी सिलवाल पछिल्ला दिनहरुमा पानी उद्योगीहरुको अवस्था कमजोर बन्दै गएको बताउँछन् । अवस्था अझ कमजोर बन्दै गए आफू समेत पानी उद्योगबाट बाहिरिने मानसिकता उनले बनाएका छन् । बजारमा पानी उत्पादनमा निकै धेरै व्यवसायीहरु संलग्न भएको र ठूलो परिमाणमा पानी उपलब्ध भएको तर सो परिमाणमा बजार नभएको कारण आफू जस्ता थुप्रै व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था सृजना हुन लागेको उनको निष्कर्ष छ ।

उनै व्यवसायी सिलवालसँग रही पानी व्यवसायको अवस्था, यस क्षेत्रका चुनौती, नीतिगत कठिनाई र अबको अवस्था लगायतका विषयहरुमा रही यो सामाग्री तयार गरेका छौं ।

पानी व्यवसायको विगत र वर्तमानः
नेपालमा विगत केही बर्ष पहिले सम्म पानी उद्योगमा राम्रो मुनाफा थियो । पछिल्ला दिनहरुमा पानी उद्योगको मुनाफा घटेको छ । तर लगानी भने अत्यधिक बढेको छ । विगतमा थोरै लगानीमा नै पानी उद्योग सञ्चालन गरेका व्यवसायीहरुले पनि आफ्नो लगानी बढाइरहेका छन् भने यस क्षेत्रमा नयाँ उद्योगीहरु पनि ठूलो सङ्ख्यामा थपिइरहेका छन् ।

पानी उद्योगमा कोरोनाको असरः
यस बर्ष पानीको बजारमा कोरोना सङ्कटले निकै ठूलो असर पार्यो । जारको पानी राम्रो विक्री हुने समयमा नै कोरोना सङ्कट सृजना भएको कारण यसले पानीको बजार माग निकै नै घटायो । अहिले बजारमा विक्री हुने पानीले व्यवसायको नियमित खर्च धान्न सक्ने अवस्था समेत छैन । अहिले पनि बजारमा पानीको माग विगतको तुलनामा करिब ३० प्रतिशतमा सीमित भएको छ ।

खाद्य निर्देशिका सँगै व्यवसायीहरु पलायन हुनुपर्ने अवस्थाः
नेपाल सरकार अन्तरगतको खाद्य प्रविधि तथा गुणस्तर विभागको पहलमा कृषि मन्त्रालयले जारी गरेको पानी उत्पादन सम्बन्धी निर्देशिका, २०७४ कार्यान्वयनसँगै नेपालका पानी व्यवसायीहरुको अवस्था अझ कमजोर बन्दै गएको छ । उक्त निर्देशिकामा उद्योगको धरातलीय यथार्थता नहेरी, दूरदर्शिता नहेरी र हाम्रो आवश्यकतालाई विचार नगरी बोटलमा अटोमेटिक प्रविधिबाट पानी भर्नुपर्ने (फिलिङ) व्यवस्था गरिएको छ । उक्त निर्देशिकामा पानीको गुणस्तरीयता सुधारमा भन्दा पनि अनावश्यक प्रविधिमा लगानी गर्नुपर्ने कुरा उल्लेख छ । यसबाट नेपालको ठूलो रकम विदेशिने, उक्त फिलिङ सिष्टमसँगै ठूलो रोजगारी खोसिने र आवश्यकता भन्दा बढी पानी उत्पादन भई बजार अस्वस्थ र लागत उठाउनै समस्या हुने अवस्था सृजना भएको छ । उक्त व्यवस्था नेपालका पानी व्यवसायीहरुको लागि घातक सिद्ध भएको छ ।

अटोमेटिक फिलिङ मेसिन हाम्रो आवश्यकता हो वा होइन भन्ने सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायहरु बीच व्यापक छलफल हुनुपर्ने हो । पानी व्यवसायीका प्रतिनिधिले उक्त व्यवस्था व्यवसायीहरुको हितमा छ कि छैन भन्ने सम्बन्धमा दूरदर्शी तवरले विचार गरी व्यवसायीहरुको लगानी सुरक्षाको लागि राज्यलाई जानकारी गराउनुपर्ने हो । यस कार्यमा तत्कालिन नेतृत्वबाट पनि केही त्रुटि भएको छ ।

नेपालमा अहिले एउटै प्लान्टबाट उत्पादन भएको पानीलाई पनि साधारण र प्रिमियम ब्राण्डको रुपमा बिक्री गरिँदै आइएको छ । बाहिर देख्दा आकर्षक बोटलमा पानी प्याकेजिङ गर्दैमा एउटै प्लान्टबाट उत्पादित पानी कसरी प्रिमियम हुन्छ त ? यसरी प्रिमियमको नाममा एउटै पानीको अधिक मूल्य लिँदा त्यसको मारमा उपभोक्ताहरु परेका छन् ।

व्यवसायमा परेको असरः
अहिले त्यो निर्देशिका लागु भएसँगै नेपालमा आवश्यक भन्दा निकै बढी परिमाणमा पानी प्रशोधन भइरहेको छ । हाम्रो बजार सानो छ । तर पानी बढी उपलब्ध हुँदा सहजै खपत हुने अवस्था छैन । यसको प्रत्यक्ष मार नेपालका व्यवसायीहरुमा नै परेको छ । अहिले नेपालका व्यवसायीहरुले लागत मूल्यमा नै पानी बजारमा उपलब्ध गराउँदै आएका छन् । जसले गर्दा बजार व्यवस्थित बन्न सकेको छैन । व्यवसायीहरु यही अवस्था कायम रहे ठूलो सङ्ख्यामा पानी उत्पादन कार्यबाट बाहिरिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा व्यवसायलाई सुरक्षित गर्दै पानी व्यवसायीहरुलाई संरक्षण गर्नको लागि पानी व्यवसायीहरुको संस्था नेपाल बोटल वाटर उद्योग संघले अझ बढी प्रभावकारी रुपमा काम गर्नु जरुरी छ ।

हालको बजार माग र आपुर्ति अवस्थाः
१ लिटर बोटलमा उपलब्ध हुने पानीको उत्पादन अटो फिलिङ सँगै निकै बजारमा निकै ठूलो समस्या सृजना भएको छ । जारमा पनि यस्तै छ । हाल उपत्यकामा दैनिक औसत ३ लाख जार पानी खपत हुँदै आएको छ । उपत्यकामा सञ्चालित १ सय ५० उद्योगहरुले दैनिक १० हजार लिटर क्षमतामा पानी उत्पादन गर्ने हो भने दैनिक १२ देखि १५ लाख जार पानी विक्रीको लागि उपलब्ध हुनेछ । तर हाम्रो माग भनेको ३ लाख जार मात्रै छ । यस्तो अवस्थामा माग र पुर्ति बीच सन्तुलन हुन सक्ने अवस्था रहँदैन ।

अबको चिन्ताः
प्रयाप्त बजार नहुनु नै व्यवसायीको लागि ठूलो चिन्ताको विषय बनेको छ । यसलाई हेर्दा हामी पानी उद्योगहरुको अवस्था अबका दिनमा निकै गम्भीर बन्ने देखिएको छ । यस्तो अवस्थालाई विचार गरी नेपालमा अबका दिनमा पानी उद्योगहरुको सङ्ख्या घटाउनैपर्ने छ । यसको लागि सबैभन्दा पहिले नयाँ आउन चाहने उद्योगहरुलाई बाध्यकारी नियम बनाएर केही समयको लागि बन्द गर्नैपर्ने आवश्यकता रहन्छ । तर विदेश निर्यात गर्न सकिने गुणस्तरको पानी प्रशोधनलाई भने आकर्षित गर्नुपर्छ ।

प्रिमियम ब्राण्डको नाममा ठगीः
नेपालमा अहिले एउटै प्लान्टबाट उत्पादन भएको पानीलाई पनि साधारण र प्रिमियम ब्राण्डको रुपमा बिक्री गरिँदै आइएको छ । बाहिर देख्दा आकर्षक बोटलमा पानी प्याकेजिङ गर्दैमा एउटै प्लान्टबाट उत्पादित पानी कसरी प्रिमियम हुन्छ त ? यसरी प्रिमियमको नाममा एउटै पानीको अधिक मूल्य लिँदा त्यसको मारमा उपभोक्ताहरु परेका छन् । यद्यपि अहिले सम्म नेपालमा यसरी पानी प्याकेजिकङ गर्ने कम्पनीहरुले कस्तो गुणस्तरको पानी उपलब्ध गराएका छन् भन्ने सम्बन्धमा नेपाल सरकार तथा अन्य सरोकारवाला निकायहरुले कुनै चासो राखेको पाईंदैन ।

अबको विकल्पः
नेपालबाट पानी निर्यातको लागि केही व्यवसायीहरुले काम शुरु गरेका पनि छन् । तर विदेश निर्यातको लागि तम्सिइरहेका व्यवसायीहरुले पनि पानी निर्यात त्यत्ति सहज नभएको बताउँदै आइरहेका छन् । यद्यपि म आफूले भने पानी निर्यात बारे केही पनि सोचेको छैन । म चाहन्छु कि हरेक लगानीकर्ताको लगानी सुरक्षित हुन सकोस् ।

संगठन प्रतिको धारणाः
संगठनले गरिरहेका गतिविधिहरु अहिले केही चलायमान देखिएका छन् । त्यो राम्रो हो । तर पनि विगतका केही तीता यथार्थहरुको समीक्षा गर्न नसक्नु संगठनको कमजोरी हो । अहिलेको निर्देशिकामा अटोमेटिक फिलिङ प्लान्टको व्यवस्था गर्ने समयमा नै नेपालमा नयाँ उद्योगीहरु थपिनको लागि बन्द गरिनुपथ्र्यो । संगठनले त्यत्ति बेला प्रभावकारी भूमिका खेल्नुपथ्र्यो । त्यसो हुन नसक्दा अहिले अवस्था गम्भीर बनिसकेको छ । ढिलो भइसकेको छ । नयाँ व्यवसायहरु थपिइरहँदा बजार अस्वस्थ बनेको छ । यसको मारमा सबै व्यवसायीहरुले सामना गर्नुपरेको छ । अवस्था उपत्यका बाहिर पनि गम्भीर बन्दै गइरहेको छ । चितवनमा यस्तो अवस्था देखिइसकेको छ ।

प्रयाप्त बजार नहुनु नै व्यवसायीको लागि ठूलो चिन्ताको विषय बनेको छ । यसलाई हेर्दा हामी पानी उद्योगहरुको अवस्था अबका दिनमा निकै गम्भीर बन्ने देखिएको छ । यस्तो अवस्थालाई विचार गरी नेपालमा अबका दिनमा पानी उद्योगहरुको सङ्ख्या घटाउनैपर्ने छ ।

यसकारण नेपालमा अब बोटल वाटर उद्योग संघ र नेपाल सरकारको सहकार्यमा नयाँ उद्योगहरु बन्द गर्नको लागि तत्काल पहल गर्नु जरुरी छ । अझै पनि नयाँ उद्योग नरोक्ने हो भने हाम्रो पानीको गुणस्तर एवं लगानी सहित अन्य थुप्रै समस्याहरु हामीले सामना गर्नुपर्नेछ । निर्देशिकामा गुणस्तरीय उत्पादनको व्यवस्था गर्नुपर्ने भनेर मात्र हुँदैन । त्यो कति सम्भव छ भन्ने सम्बन्धमा बजार अवस्था अध्ययन गर्नु पनि निकै नै जरुरी छ ।

निर्यातयोग्य पानीमा जोड दिउँः
पानी उद्योगमा अब थपिने लगानी निर्यातयोग्य मात्र हुनुपर्छ । स्थानीय बजारलाई लक्षित गरी अरुको देखासिकीमा गरिने लगानीले आफूलाई डुबाउँछ र अन्य लाई पनि डुबाउँछ । यसले निम्त्याउने दुर्घटना निकै भयावह हुन सक्छ । यस कुरालाई विचार गरी नयाँ उद्योग ल्याउने क्रममा निकै नै सोचविचार गरेर मात्र कदम चाल्नु जरुरी छ । नयाँ आउन चाहने व्यवसायीले पनि बजार अध्ययन गरी काम गर्न सकेको खण्डमा उनीहरुको लगानी पनि सुरक्षित हुन्छ । अरुलाई पनि त्यसबाट समस्या सृजना हुँदैन । पानी प्रशोधनमा राम्रो बजार नदेखे नयाँ व्यवसायीले अन्य क्षेत्रमा लगानी विस्तार गरी राम्रो लाभ लिन सक्ने अवस्था पनि रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij