फोहोरमैला व्यवस्थापन पछिल्ला दिनहरुमा एक जटिल विषय बन्दै गएको छ । काठमाडौं उपत्यकामा जनसङ्ख्या वृद्धि हुँदै जाँदा यसले वातावरणमा पार्न सक्ने थप प्रभावबाट विज्ञहरु पनि चिन्तित छन् । फोहोरलाई व्यवस्थापन गर्ने विभिन्न विधिहरु नभएका होइनन्, तथापि सबैभन्दा राम्रो उपाय भनेको उत्पादन हुन सक्ने फोहोरलाई शुरुमा नै रोक्नु एक महत्वपूर्ण कदम हुन जान्छ ।
फोहोरबाट आम्दानी
फोहोरलाई अधिकांश व्यक्तिहरुले तुच्छ वस्तु ठानिरहँदा यहाँ केही व्यक्ति र कम्पनीहरुले भने यसै फोहोरमा सम्भावना खोजिरहेका छन् । त्यही फोहोरलाई इज्जतिलो पेशा (व्यवसाय)को रुपमा नै अपनाइरहेका समेत छन् । ठूलो सङ्ख्यामा रोजगारी सृजनाको माध्यम बनाइरहेका छन् । हामीले यहाँ केही छैन भन्ने धारणामा नभई आफ्नो ध्यान यहाँ पुरुषार्थ गर्नेको लागि हर क्षेत्रमा सम्भावनाहरु छन् भन्ने तर्फ केन्द्रित भयौं भने अवश्य पनि सम्भावनाहरु हाम्रै वरिपरी भेट्टाउन सक्छौं । यसरी फोहोरलाई नै सभ्य व्यवसायको रुपमा अपनाइरहेको एउटा कम्पनी हो नेप्सेम्याप ।
हुनतः पछिल्ला बर्षहरुमा काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको क्षेत्रमा थुप्रै संस्थाहरु क्रियाशिल रहँदै आएका छन् । जसले यहाँको फोहोरलाई व्यवस्थित गरेर हाम्रो वातावरणलाई स्वस्थ र सुन्दर बनाउन सहयोग पुर्याएका छन् । साथै राम्रो आर्थिक उपार्जन समेत गरेका छन् । ती धेरै मध्ये नेप्सेम्याप अग्रस्थानमा नै आउने संस्था हो ।
शुरुवाती दिनमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना अभियान जगाउने उद्धेश्यले आफूहरुले काम अघी बढाएको नेप्सेम्यापका अध्यक्ष दाहाल बताउनुहुन्छ । सोही बमोजिम शुरुवाती दिनमा २ ओटा साधारण रिक्साबाट आफूहरुले काम अघी बढाइयो । काम गर्दै जाँदा आफूहरुको कामबाट प्रभावित भएर सहयोग गर्नेहरुको संख्या समेत बढ्दै गयो ।
एकपटक विचार गरौं त, फाहोर भन्ने बित्तिकै हामीलाई के कुराको याद आउँछ ? सामान्यतया हाम्रो घरबाट निस्कने काम नलाग्ने वस्तुहरु वा बाटोमा हिँड्दा ठाउँ–ठाउँमा देखिने फोहोरका डङ्गुरहरु । धेरै व्यक्तिहरुले फोहोर शब्द सुन्नेबित्तिकै नाक चिम्य्राउँछौं, भित्रभित्र घृणा महसुस हुन्छ । त्यही फोहोरलाई इज्जतिलो व्यवसायको रुपमा अपनाएर पैसा र प्रतिष्ठा कमाउने मध्येका एक व्यक्ति हुन् टिकाराम दाहाल ।
उनी नेप्सेम्याकका अध्यक्ष समेत हुन् । ललितपुर जिल्लामा प्रधान कार्यालय रहेको नेप्सेम्याक नेपालको फोहोर व्यवस्थापनमा क्रियाशिल एक पुरानो संस्था हो । यसको स्थापना वि.स. २०५० को दशकमा भएको हो । हाल यस संस्थाले काठमाडौं उपत्यकाको अलावा बनेपा र धुलिखेलबाट सेवा उपलब्ध गराइरहेको छ ।

कसरी ब्राण्ड बन्दै गयो त नेप्सेम्याक ?
शुरुवाती दिनमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना अभियान जगाउने उद्धेश्यले आफूहरुले काम अघी बढाएको नेप्सेम्यापका अध्यक्ष दाहाल बताउनुहुन्छ । सोही बमोजिम शुरुवाती दिनमा २ ओटा साधारण रिक्साबाट आफूहरुले काम अघी बढाइयो । काम गर्दै जाँदा आफूहरुको कामबाट प्रभावित भएर सहयोग गर्नेहरुको संख्या समेत बढ्दै गयो । कामलाई थप प्रभावकारी ढंगले अघी बढाउँदै जाने क्रममा नै अहिलेको नेप्सेम्याक ब्राण्डको रुपमा स्थापित हुन सम्भव भएको हो । अहिले फोहोर व्यवस्थापनमा नेप्सेम्याक अग्रणी सेवाप्रदायकको रुपमा रहँदै आएको छ ।
कसरी गरिन्छ फोहोर संकलन र व्यवस्थापन कार्य ?
तपाईं हाम्रो घरबाट निस्कने फोहोरलाई हामीले टोकरीमा वा बोरामा संकलन गरेर फोहोर सङ्कलनको लागि आउने गाडिमा राखेर पठाउने गर्छौं । के अहिले सम्म त्यो फोहोर कहाँ जान्छ ? कसरी नष्ट गरिन्छ ? भन्ने बारेमा हामीले बुझेका छौं त ? सायद छैनौं होला ।
फोहोर संकलनको लागि सबैभन्दा पहिले त फोहोरलाई कुहिने र नकुहिने कस्तो प्रकृतिको फोहोर हो, त्यस आधारमा अलग–अलग वर्गीकरण गरिन्छ । यस्तो अभ्यास आफ्नै घरमा पनि गर्न सकिन्छ । जसबाट कुहिने फोहोर, जुन तरकारीका बोक्रा, जरा, बढी भएको खानेकुरा लगायतलाई आफ्नै घरको करेसाबारीमा पनि प्रयोग गर्न सकिन्छ ।
हामीले घरबाट निस्केको फोहोरलाई फोहोर व्यवस्थापनमा संलग्न कम्पनीले हाम्रा घरटोलमा पुगेर संकलन गर्ने काम गर्दछन् । त्यो फोहोरलाई आफ्नो संकलन केन्द्रमा पुर्याई संकलन गर्दछन् । फोहोर संकलन र व्यवस्थापनको लागि सम्बन्धित फोहोर व्यवस्थापन कार्यालयले ठूलो सङ्ख्यामा विभिन्न तहका कर्मचारीहरु खटाएको हुन्छ । जसले फोहोरको प्रकृति अनुसार त्यस फोहोरलाई वर्गीकरण र व्यवस्थापन गर्ने काम गर्दछन् । हामीले फोहोर ठानेर फालेको फोहोर मध्ये अत्यन्तै कम वस्तु मात्रै नष्ट गर्नुपर्ने किसिमका हुन्छन् ।
फोहोरको वर्गीकरण
फोहोर संकलनको लागि सबैभन्दा पहिले त फोहोरलाई कुहिने र नकुहिने कस्तो प्रकृतिको फोहोर हो, त्यस आधारमा अलग–अलग वर्गीकरण गरिन्छ । यस्तो अभ्यास आफ्नै घरमा पनि गर्न सकिन्छ । जसबाट कुहिने फोहोर, जुन तरकारीका बोक्रा, जरा, बढी भएको खानेकुरा लगायतलाई आफ्नै घरको करेसाबारीमा पनि प्रयोग गर्न सकिन्छ । बाँकी रहेको नकुहिने फोहोर मध्येबाट फुटेका सिसा, विषाक्त चिज लगायतका घातक चिजहरुलाई अलग गरेर फोहोरको गाडीमा पठाउन सक्छौं । फोहोर व्यवस्थापन कम्पनीले बोतल, कागज, कपडा, धातुजन्य वस्तु लगायत विभिन्न चिजहरुलाई अलग–अलग व्यवस्थापन गर्ने काम गर्छन् । यस मध्ये अधिकांश सामानहरु सम्बन्धित कारोबारमा संलग्न व्यक्ति वा कम्पनीहरुलाई बिक्री गर्दछन् ।

इज्जतिलो काम हो फोहोर व्यवस्थापन
हाम्रो समाजमा फोहोर व्यवस्थापनमा संलग्न मानिसलाई बाहिरबाट हेर्ने नजर अलि फरक छ । मानिसहरुले तल्लो तहको भनेर धेरैजसो अवस्थामा यस्ता कामलाई कम महत्व दिइरहेका हुन्छौं । साथै एकातिर न आफू फोहोर व्यवस्थापन कार्यमा संलग्न हुन्छौं, न त्यस क्षेत्रमा कार्यरत व्यक्ति प्रति हाम्रो हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ, यसबाट हामी आफैंलाई नोक्सानी पुगिरहेको हुन्छ । हामीले आफूबाट उत्पन्न फोहोरको व्यवस्थापन गरेर वातावरणीय स्वच्छताको अभियानमा कार्यरत संस्था वा व्यक्तिहरु प्रति यदि हाम्रो दृष्टिकोण सकारात्मक छैन भने त्यसलाई बदलाव ल्याउनु जरुरी छ । साथै सम्भव भएसम्म हामीले फोहोरलाई घरमा आफैंले व्यवस्थापन गरेको राम्रो । सके सम्म फोहोर उत्पत्ति हुने वस्तुको प्रयोगलाई घटाएको राम्रो । फोहोर व्यवस्थापन एक–दुई जना व्यक्ति वा स्थानीय सरकारको मात्रै दायित्वको विषय होइन । यो हामी सबै सभ्य नागरिकको दायित्वको विषय हो ।
यसरी फोहोर उत्पादन घटाउन सकिन्छ
–फोहोरको उत्पादन घटाउने काम फोहोर व्यवस्थापनको लागि सबैभन्दा राम्रो विकल्प हुन सक्छ । पसलबाट कुनै सामान किनेर ल्याउने क्रममा प्लाष्टिक ब्यागको सट्टा आफैंले घरबाट ब्याग लिएर जान सकिन्छ ।
– पातलो प्लाष्टिकको तुलनामा बाक्लो प्लाष्टिक प्रयोग गर्नु राम्रो हुन्छ । जसलाई पुनः प्रयोग समेत गर्न सकिन्छ ।
– कपडा, कागज लगायतका वस्तुहरु समेत घरमा धेरै मात्रामा उत्पादन हुन्छन् भने पुनः यस्ता वस्तुहरुलाई मेसिनबाट पेलेर अर्थात पुनः उत्पादन गरेर नयाँ वस्तु बनाउन सकिन्छ । जसबाट हाम्रो लागत घटाउन र फोहोर व्यवस्थापन गर्न सहयोग पुग्छ ।

यसो भन्नुहुन्छ नेप्सेम्याकका अध्यक्ष दाहाल
नेपालमा फोहोरमैला क्षेत्रको दिगो विकासको लागि काम गर्नुपर्छ भन्ने मान्यता सहित हामीले लामो समय देखि काम गरिरहेका छौं । वि.सं २०५४ तिर काठमाडौं उपत्यकामा फोहोरका डंगुरहरु ठाऊँठाऊँमा रहेको अवस्थामा त्यसलाई कसरी कम गर्न सकिन्छ र त्यसमा हाम्रो दायित्व के हुन सक्छ ? केही प्रयत्न त गरेर हेरौं भन्ने किसिमले हामी अघी बढेका हौं ।
हामी के गर्छौं ?
फोहोरलाई कसरी श्रोतको रुपमा बदल्न सकिन्छ भन्ने मान्यता सहित हामीले काम गरेका हौं । हामीले फोहोरलाई विभिन्न स्वरुपमा बदल्ने काम गर्छौं । हामी कुहिने फोहोरलाई मूलतः कम्पोष्ट मल बनाउने काम गर्छौं । केही फोहोरलाई स्वरुप बदलेर बिक्री गर्छौं । फोहोर भित्र भेटिएका काम लाग्ने र बिक्री हुने वस्तुहरु बिक्री पनि गर्छौं । बाँकी रहेको फोहोरलाई सिसडोलमा विसर्जन गर्दै आएका छौं ।
नेपालमा फोहोरलाई व्यवस्थित गर्ने क्रममा हामी यसलाई विभिन्न हिसाबले वर्गीकरण गरेर काम गर्दै आएका छौं । हामीले फोहोरलाई हार्डवेयर (ठोस फोहोर) र सफ्टवेयर (तालिम, क्षमता अभिवृद्धि, सचेतना लगायत)को रुपमा छुट्याएर काम गर्दै आएका छौं । हामीले फोहोरलाई व्यवस्थित गर्ने सम्बन्धमा सामाजिक जागरणको लागि पनि काम गर्दै आएका छौं ।
पहिले स्वच्छ बस्ती विकास प्रा.लि.को नाममा दर्ता भएको यस कम्पनीलाई हाल नेप्सेम्यापको नाममा रिब्राण्डिङ गरिएको हो । हाल यस कम्पनीले कलेक्सन, स्विपिङ, ट्रान्स्पोटेसन लगायतका कामहरु गरिरहेको छ ।
यी अभियानहरुमा हामी संलग्न छौं
हामी हनुमन्ते खोला सफाई, बाग्मती सफाई, अरनिको राजमार्ग सफाई, चक्रपथ सफाई, बिष्णुमती सरसफाईको अलावा टोल सरसफाई लगायतमा पनि संलग्न रहँदै आएका छौं । हाम्रो यस कम्पनीले फोहोर व्यवस्थापन कार्य समेत प्रथमतः व्यक्ति, परिवार र टोलको दायित्वकै रुपमा रहन्छ भन्ने कुरा सचेत गराउँदै आइरहेको समेत छ ।
केही थप कुराहरु
– फोहोरलाई श्रोतबाट नै वर्गीकरण गर्नु जरुरी हुन्छ ।
– फोहोरलाई 3R (Reduce, Reuse, Recycle) गरी ३ अवधारणामा व्यवस्थापन गर्न सकिन्छ ।
– फोहोरको वर्गिकरण गर्ने दायित्व प्रत्येक व्यक्तिको रहन्छ ।
जटिल विषय हो ठोस फोहोर व्यवस्थापन, चाहिन्छ सबैको सहयोग
हामी सबैलाई थाहा छ, ठोस फोहोर व्यवस्थापन एक जटिल समस्या हो, जसले हामी सबैलाई असर गर्छ । हामीले फोहोर व्यवस्थापन गर्ने तरिकाले हाम्रो वातावरण, हाम्रो स्वास्थ्य र हाम्रो समुदायको कल्याणमा प्रत्यक्ष प्रभाव पार्छ । यो एक यस्तो समस्या हो जसलाई दिगो समाधान खोज्न हाम्रो सामूहिक कार्य र प्रतिबद्धता आवश्यक रहन्छ ।
वातावरणीय संरक्षणको लागि प्रतिबद्ध संगठनको रूपमा, हामीले जिम्मेवार फोहोर व्यवस्थापन अभ्यासहरूको वकालत गर्न नेतृत्वको भूमिका निर्वाह गर्नुपर्छ । साथै हामीले जलमार्ग र हावाको प्रदूषण, हरितगृह ग्यास उत्सर्जन, र प्राकृतिक स्रोतहरूको ह्रास जस्ता अनुचित फोहोर विसर्जनका नकारात्मक प्रभावहरूको बारेमा चेतना जगाउनु पर्छ । हामीले ल्यान्डफिलहरूमा नष्ट हुने फोहोरको मात्रालाई न्यूनीकरण गर्न फोहोर घटाउने र पुनः प्रयोग गर्ने कार्यक्रमहरूलाई प्रवद्र्धन गर्न पनि काम गर्नुपर्नेछ । यस किसिमको ज्ञान सामुदायिक शिक्षा, स्थानीय सरकार र व्यवसायीहरूसँग साझेदारी गर्दै नवीन प्रविधिहरू भित्र्याउने र नयाँ अभ्यासहरूको माध्यमबाट अघी बढ्नुपर्ने जरुरी छ ।
अन्त्यमा, म तपाईंलाई हाम्रो दैनिक जीवनमा फोहोर व्यवस्थापन गर्ने तरिकाको लागि जिम्मेवारी लिन विनम्र अनुरोध गर्दछु। आफ्नो र भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण सिर्जना गर्न हामी सबै मिलेर काम गरौं ।
फोहोर व्यवस्थापन किन आवश्यक हुन्छ ?
– पैसा बचत गर्छ ।
– विषाक्त पदार्थको उत्पादन कम गरी स्वास्थ्य मजबुत बनाउँछ ।
–वातावरणीय सुरक्षा र सुन्दरता कायम गर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij