नेपालका विभिन्न क्षेत्रहरूमा शाखा विस्तार गर्दै अाएकाे र जागरूक महिला उद्यमी सुस्मा महराले सञ्चालन गरेकाे फेसियल हाउसले १० बर्षमा प्रवेश गरेकाे अवसर पारेर विभिन्न व्यक्तिहरूलार्इ कर्पाेरेट अाइकन अवार्डबाट सम्मान गरिएकाे छ ।
हाेटल अन्नपूर्णमा भएकाे एक विशेष समाराेह बीच नेपालका अाैद्याेगिक व्यावसायिक क्षेत्रमा विशेष पहल गर्दै अाउनुभएका व्यक्तिहरूलार्इ उक्त अवार्ड प्रदान गरिएकाे हाे ।
उक्त अवसरमा नेपाल उद्याेग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठ, व्यवसायी केदार लामिछाने, सुमित केडिया, दीपक मलहाेत्रा, रविन कुमार श्रेष्ठ लगायतका व्यक्तिहरूलार्इ उक्त अवार्ड प्रदान गरिएकाे हाे । कार्यक्रममा साल्ट ट्रेडिङका अध्यक्ष लक्षमीदास मानन्धर, काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, विप्लवमान सिंह, प्रदीपमान प्रदान, प्रेस चाैतारीका अध्यक्ष गणेश बस्नेत लगायतका थुप्रै प्रतिष्ठित व्यक्तिहरूकाे उपस्थिति थियाे ।
उक्त विशेष अवसरमा कर्पोरेट विजनेश एक्सिलेन्सी अवार्ड २०१७ बाट साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल उद्योग वणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विधागत रुपमा उभिएर कर्पोरेटले छुट्टै पहिचान बनाउन सकेको बताउनु भयो ।साथै कर्पाेरेट एक्सेलेन्स हाइकन अवार्डले अाफूलार्इ अाफ्नाे क्षेत्रमा अघी बढ्नकाे निम्ति थप हाैसला मिलेकाे समेत बताउनुभयाे । साथै नेपालमा अार्थिक तथा व्यावसायिक क्षेत्रमा व्युटी पार्लर मार्फत फेसियल हाउसले साैन्दर्यताकाे क्षेत्रमा खेलेकाे भुमीका उल्लेखनीय रहेकाे समेत बताउनुभयाे ।
त्यसै गरी नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा कस्मेटिकको बजार ६ अर्व रुपैयाँको भए पनि नेपाली प्रोडक्ट नगन्य रहेकोले आफुले नेपाली प्रडक्ट बढाउने काम गर्ने बताउनु भयो ।
त्यसैगरी कर्पोरेटका प्रकाशककाे अलावा फेसियल हाउसका समेत निर्देशक रहनुभएका उज्वलजंग शाहले अागामी दिनमा नेपालमा नै साैन्दर्यमूलक सामानहरूकाे उत्पादन तथा प्रविधि भित्र्याउनकाे निम्ति समेत पहल गर्ने बताउनुभयाे ।
फेसियल हाउसका संञ्चालक सुष्मा महराले सृष्टिको आदिकालदेखि नै सुन्दर देखिने चाहना सवै मानव जातिमा रहँदै आएको र समयको बदलाव संगै यो चाहना महिला र पुरुष दुवैमा बढ्दै गएकोले आजको प्रतिस्पर्धात्मक समयमा व्यक्तिको बौद्धिक क्षमतासंगै उसको आवरणीय सुन्दरताको महत्व र आवश्यकताकाे विषय उठान गर्नुभयाे ।
प्रेस चाैतारी अध्यक्ष गणेश बस्नेतले अबकाे मुद्दा अार्थिक मुद्दा नै भएकाे कुरामा जाेड दिँदै कर्पाेरेट म्यागजिनले लामाे समय देखि मिडिया र व्यवसायी बीच सुमधुर सम्बन्ध कायम गर्न विशेष महत्वपूर्ण भूमीका निर्वाह गरेकाे भन्दै थप प्रगतिकाे कामना गर्नुभयाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij