२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

फागुन २ बाट भृकुटीमण्डपमा प्राङ्गारिक कृषि मेला आयोजना हुँदै

फागुन २ बाट भृकुटीमण्डपमा प्राङ्गारिक कृषि मेला आयोजना हुँदै

काठमाडौं । फागुन पहिलो हप्ता १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला एवं छैठौं प्राङ्गारिक कृषि मेला आयोजना हुने भएको छ ।

स्वदेशी प्राङ्गारिक सहितका उत्पादनहरुको प्रदर्शनी रहने उक्त मेला भृकुटीमण्डपमा फागुन २ देखि ६ सम्म सञ्चालन गरिनेछ ।

मौलिक हस्तकला, रैथाने बाली, उद्यमशिल महिलाहरुबाट उत्पादित सामानलाई प्राथमिकता सहित प्रवद्र्धन गरिने उक्त मेलाले नेपालमा भएका सम्भावनाहरु बारे सर्वसाधारणलाई परिचित हुने अवसर प्रदान गर्नेछ ।

मेलाबाट स्वदेशी गुणस्तरीय उत्पादन सम्बन्धी स्थलगत जानकारी हासिल गर्नुको अलावा आवश्यक परामर्श समेत उपलब्ध गराइनेछ ।

कञ्चनजंगा टि स्टेट मुख्य आयोजक रहेको उक्त मेलामा अर्गानिक एसोसिएसन नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका संस्थाहरुको समेत सहकार्य रहने आयोजक पक्षबाट शान्ता बास्कोटा कोइरालाले बताउनुभयो ।

साथै ऊहाँले स्टल बुकिङ खुल्ला भइसकेकोले समयमा नै आफ्नो सिट सुरक्षित गर्न आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij