२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा “लाखे” धुन सार्वजनिक (भिडियो सहित)

प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा “लाखे” धुन सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा “लाखे” धुन सार्बजनिक भएको छ। नेपालमा भएको मौलिक धुन, भाषा संस्कृतिलाइ जगेर्ना गर्ने उदेश्यले प्रोजेक्ट बाजा नेपालले विभिन्न मौलिक धुनहरु प्रस्तुत गर्दै आएको छ। कला संस्कृतिले धनि हाम्रो जस्तो मुलुकमा भएको बिबिधतालाइ समेट्दै परापुर्ब काल देखि चल्दै आएको नेपालको संस्कृतिलाइ विश्व सामु परिचित गराउने उदेश्यले सुरु गरिएको प्रोजेक्ट बाजा नेपाल संस्था  अहिले लोकप्रिय बन्दै गएको छ।  सन् २०१८ मा  प्रोजेक्ट बाजा नेपाल संस्था स्थापना भएर लगातार रुपमा मौलिक कला संस्कृतिको उत्थानमा यो संस्था क्रियासिल रहेको छ।

नेवारी कल्चर आफैमा सम्बृद तथा धनि छ, नेवारी समुदायले मनाउदै आएको लाखे विश्व प्रसिद्द मानिन्छ।  बर्षै पिछे महत्वपुर्ण पर्बको रुपमा मनाइदै आएको लाखेको पनि आफ्नै महत्व र बिशेषता रहेको छ।  लाखे नाच नाच्ने बेला बज्ने धुनले सबैलाई मन्त्रमुग्द बनाउदै आएको छ भने  सबै जातजाति भाषा भाषी र धर्ममा बिश्वास गर्नेहरुले समेत लाखेलाइ बिसेष रुपमा हेर्दै आएका छन्।

प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा तयार पारिएको लाखे धुनलाइ सुरेशराज बज्राचार्य र बिपु श्रेष्ठले संकलन गरेका हुन् भने फिरोज बज्राचार्य र सुरेशराज बज्राचार्यले संगीत संयोजन गरेका हुन्। सार्बजनिक धुनको लाखे भिडियोलाइ जनकराज अधिकारि, सुजित नापित र ओभासो शाक्यले छायांकन गरेका छन् भने ओभासो शाक्यले निर्देशन गरेका हुन्।

दर्शकहरूले नकारात्मक उर्जामा सकरात्मक शक्ति जित्ने यो पुरानो धुन “अनुष्ठान” अभ्यासको पछाडि वास्तविकता प्रदर्शन गर्ने प्रोजेक्ट बाजा नेपालको प्रयासलाई सम्पूर्ण संगीतप्रेमीले कदर गर्ने बिश्वास लिएका छन् । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij