म्हेपी काठमाडौँमा अवस्थित प्रेसीयस नेशनल स्कुलमा आज देखि खेलकुद सप्ताह कार्यक्रमको शुभारम्भ भएको छ ।
हरेक हप्ता विभिन्न गतिविधिहरु नियमित रुपमा सञ्चालन हुने भएपनि हरेक वर्ष विद्यालयले खेलकुद सप्ताह सञ्चालन गर्ने गरेको छ ।
प्रि–स्कुल देखि माध्यमिक तह सम्मका विद्यार्थीहरु सहभागी भएर एउटा उत्सवको रुपमै खेलकुद सप्ताह मनाइने कुरा विद्यालयका संयोजक मोहन कुवरले बताय । विद्यालय बाहिर हुने विभिन्न प्रतियोगिताहरुमा समेत उत्कृष्टता प्रदर्शन गर्न सफल विद्यार्थीहरुले विभिन्न १२ ओटा विधाका खेलहरुमा प्रतिस्पर्धा गर्ने छन् ।
“खेलकुदले विद्यार्थीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कुरा त छ्रँदैछ साथै प्रतिस्पर्धामा अब्बल सावित हुने विषयमा समेत प्रतिस्पर्धीहरुलाई उत्प्रेरित गर्नेछ ।” खेलकुदको शुभारम्भ गर्नु अघि खेलाडीहरुलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सीपल गोपीराज पराजुलीले बताए ।
खेलकुदलाई व्यवस्थित रुपमा सञ्चालन गर्न, खेलकुदको दौरानमा हुनसक्ने सामान्य घटनाहरुलाई व्यवस्थित गर्न एवंम विजयी खेलाडीहरुलाई सोही दिनै पुरस्कृत गर्ने गरी व्यवस्थापन गरिएको इन्चार्ज दिनेश अधिकारीले बताए ।

विद्यालयका क्याप्टेन आगमन पन्तले सम्पूर्ण खेलाडीहरुको तर्फबाट अनुशासित र मर्यादित रुपमा खेलकुदमा सहभागि हुने प्रतिबद्धता व्यक्त गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij