२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रहरी सहायक निरीक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रहरी सहायक निरीक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज– अस्थाई प्रहरी पोष्ट वीरगञ्ज इनर्वाका प्रहरी सहायक निरीक्षक (असई) पूर्णबहादुर तामाङसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले असई तामाङसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

असई तामाङसहित सोही प्रहरी पोष्टका प्रहरी हवल्दार विष्णु दयाल चौधरी, लागूऔषध नियन्त्रण व्यूरो वीरगञ्ज शाखाका प्रहरी जवान अवधेश राय र राजकुमार गुरुङविरुद्ध मुद्दा दायर गरिएको हाे।

यस्तै असई तामाङलाई जोगाउने मतियारको भुमिका खेलेकाे भन्दै कावासोती नगरपालिका वडा नम्बर ५ बस्ने सोनाम तामाङ विरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अपरिचित हुण्डी कारोवारीले साथमा लिएर आएको अवैध २० लाख रकमबाट असई तामाङलाई दिन ४ लाख , प्रहरी जवान रायलाई १ लाख २५ हजार, प्रहरी हवल्दार चौधरीलाई १ लाख १० हजार र अन्य सहयोगीहरुलाई दिन ६५ हजार रकम प्रहरी जवान गुरुङले हुण्डी कारोबारीबाट घुस स्वरुप लिएकाे अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij