२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्रभु बैंकका ५१ शाखा कार्यालय गाभिने, यी हुन् गाभिन लागेका शाखाहरू

प्रभु बैंकका ५१ शाखा कार्यालय गाभिने, यी हुन् गाभिन लागेका शाखाहरू

काठमाण्डौ । प्रभु बैंकका नजिकैका शाखा कार्यालयहरु गभिने भएका छन् । प्रभु बैंक र साविक सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर भएको ३ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् ।

प्रभु बैंक र साविक सेञ्चुरी बैंकबीच गत पुस २६ गते एकीकृत कारोबार भएको थियो । दुवै बैंकका एउटै स्थानमा रहेका ५१ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ ।

बैंकले जारी गरेको सूचनामा दुवै बैंकका ५१ वटा शाखा कार्यालय एक आपसमा गाभिएर बैशाख १० गतेदखि गाभिएको शाखाबाट सेवा सञ्चालन हुने बताइएको छ । बैंकका अनुसार साविक सेञ्चुरी बैंकका ४१ वटा शाखा कार्यालय र प्रभु बैंकका १० वटा गरी ५१ वटा शाखा कार्यालय गाभिएका हुन् ।

प्रभु बैंक र साविक सेञ्चुरी बैंक बैंक एक आपसमा मर्ज भई प्रभु बैंकको नामबाट एकीकृत कारोबार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij