२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालि उद्घाटन महोत्तरी, २२ फागुनः प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १, रामनगर इटाटारमा नवनिर्मित नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिको उद्घाटन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

महोत्तरी, २२ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गर्नुभएको छ ।महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो ।

आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिकटन कागज खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij