२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही

सुर्खेत । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

 

पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले एमाले संसदीय दलका नेता यामलाल कंडेलको समर्थनमा प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष दावी पेश गरेको थियो ।

बिहीबार दावी पेश गरेसँगै शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै मुख्यमन्त्रीमा चयन भएपनि शपथग्रहण भने भोलि हुने प्रदेश सचिवालयले जनाएको छ । प्रदेश ६ भागबण्डामा एमालेको भागमा परेपनि एमालेले आलोपालोको प्रस्ताव राखेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भएको थियो ।

प्रदेश ६ मा जम्मा ४० सांसद मध्ये एमालेका २० र  माअोवादीका १३ गरी वामगठबन्धनका ३३ जना  छन् भने कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij