शशि पन्थी, भैरहवा । देश भरी चुनावी सरगर्मी चलिरहेका बेला भैरहवाका मुख्य बजार बाहेक गाउं तथा भित्री वडाहरुमा चुनाव नजिकिंदै जांदा त्यती उत्साहीत छैनन् जनताहरु । उनिहरु आफ्नो काममा तल्लीन छन् । जति पटक चुनाव आएपनि धेरै पटक भोट दिए पनि उहि पुरानै गुनासा लाम बद्ध ज्यूंकात्यूं रहेका छन् ।
चुनाव बारे आफ्नो धारणा व्यक्त गर्दै पूर्व बृहत मधेसी मोर्चाका जिल्ला संयोजक सम्भु उपाध्यायले “ऐले भैरहवाको चुनावमा एउटा कर्म गठबन्धन र अर्को दाम गठबन्धनको चर्चा छ कसलाई भोट हाल्ने तपाई भन्नुस न !” भन्दै जनताका भाव व्यक्त गरे, कुरा थप गर्दै उनले भने, “तपाईं देखिरहनु भएको छ मासु, रक्सी, पोल बांड्नेहरुलाई निर्वाचन आयोगमा निवेदन परिसक्यो तसर्थ यस्ता भ्रष्टाचारीलाई हराउनु पर्छ, यहांका बौद्धिक उम्मेदवारलाई जिताउनु पर्छ, म सम्पूर्ण मतदातालाई अनुरोध गदर्छु । ”
भैरहवाको पुरानो टोलका बारे चर्चा गर्दै वडा नं ६ का वडा सदस्य दिपक कुमार श्रेष्ठ भन्छन्, “सिद्धार्थनगर नगरपालीका वडा नं ६ पुरानो बस्ती हो । २०२६ साल जुन बेला मौजा पिपरहिया त्यो बेला बस्ती भएको टोल हो यहांका जनता चुनावका बेलामा पैसा रक्सीमा बिक्दैनन् उनिहरु आफ्नो पुरानो ठाउं भएका कारण विकास भएको हेर्न चाहन्छन् ।”
वडा नं ६ कि स्थानीय महिला सुर्य मति हरिजनले एमालेले बृद्धा भत्ता सुरु गरेको र अब एमालेले जित हासील गरेमा बृद्ध भत्ता दोब्बर गर्ने घोषणा गरेका कारण एमाले नै आफ्नो रोजाईमा परेको बताइन् । स्थानीय अहम्मद अलिले कसैले पैसा बांडेमा त्यसलाई भोट नदिने, आफ्नो भोट कसैलाई बिक्रि नगर्ने बताउंदै जसले टोलको विकास गर्ने योजना ल्याउंछ उसैलाई भोट दिने बताउंदै उनले भने मसान घाटले ऐले कोल्टो फेरेर डांडा गाउं भएको छ, यो पुरानो ठाउं भएर पनि सधै नेताहरु आस्वासन दिंदै जाने आफु सांसद, मन्त्री हुने तर विकास नगर्ने गरेको दुखेसो व्यक्त गरे ।
वडा नं ६ किशोर पुर गाउं कि ८२ वर्षिय बृद्ध शुक माया रानाले यो ठाउंको बाटो, सडकको बिस्तार गर्ने आषा व्यक्त गरी नेता घनश्याम भुषाललाई अग्रिम बधाई दिंदै टिका, फुल, माला लगाई दिएकी थिइन् । बृद्धाहरुको लागी एमालेले गर्ने उनको आषा थियो । स्थानीय ७५ वर्षिय बृद्ध मेवाती गुप्ताले विकास हाम्रै पालामा देख्न चाहेको बताइन् ।
स्थानीय प्रेम बहादुर क्षेत्रीले हामी २०४२ सालमा भैरहवा आउंदा जस्तो थियो ऐले पनि भैरहवा उस्तै भएको यहां सधै जितेर जाने तर काम नगर्ने खाली मन्त्री बन्ने, कार्यक्रता मात्रै पाल्ने ती नेता लाई हराएर घनश्याम भुषाल र समग्र बाम गठबन्धनलाई जिताउने उनले बताए । वडा नं ९ निवासी स्थानीय कोशल्या गुरुङले विकास गर्ने नेता बौद्धिक नेता आफ्नो रोजाईमा परेको उनको भनाई थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij