२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पेट्रोलियम पदार्थमा उच्च कर, कुन-कुन शीर्षकमा लिइन्छ त ?

पेट्रोलियम पदार्थमा उच्च कर, कुन-कुन शीर्षकमा लिइन्छ त ?

कोभिड महामारीबीच नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो ।

पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीका बीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि मूल्य बढाउनुपरेको तर्क गरे । निगमको कारण भन्दा पनि अन्तर्राष्ट्रिय मूल्य र करको कारण महँगो भएको उनको भनाइ छ ।

आजको नागरिक दैनिक लेख्छ–सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, प्रदुषण कर लिने गरेको छ ।

यसका अतिरिक्त निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरिकरण कोषलगायत जोडेर भाउ निर्धारण गर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij