२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पूर्व राजदुतहरुलाई परराष्ट्रमन्त्रीले गरे यस्तो आग्रह

पूर्व राजदुतहरुलाई परराष्ट्रमन्त्रीले गरे यस्तो आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बदलिँदो परिवेश अनुसार मुलुकको परराष्ट्र नीतिलाई पुनर्परिभाषित गर्दै लगिएको दाबी गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढेकाले सोही अनुसारको परराष्ट्र नीति तय गर्दै लैजाने प्रतिवद्धता जनाएका हुन् । 

राष्ट्रहित परराष्ट्रनीतिको मूल चुरो रहेको स्मरण गराउँदै उनले सरकारले सोही अनुसारको नीति लिएको पनि स्पष्ट पारेका छन् । पूर्व राजदुतहरूले स्थापना गरेको ‘एशोसिएशन अफ फरमर नेपाली एमबास्डोर्स’ को आईतबार काठमाण्डुमा उद्घाटन गर्दै उनले संविधानको परिधि भित्र रहेर नेपालले परराष्ट्र नीति अवलम्बन गर्ने पनि स्मरण गराए ।

परराष्ट्रमन्त्री ज्ञवालीले गरिबी हटाउने, नेपाललाई विकसित राष्ट्रको दाँजोमा अघि बढाउन तीव्र गतिका साथ काम गर्नेलगायतका परराष्ट्र नीतिका विषयमा सबै राजनीतिक दलहरुबीच साझा धारणा रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागि परेको दाबी गरे ।

मन्त्री ज्ञवालीले परराष्ट्र नीतिलाई सामयिक बनाउन पूर्व राजदुतहरूलाई आवश्यक सुझाव दिन आग्रह गरेका थिए । पूर्व राजदुतहरू मुलुकको परराष्ट्र नीति निर्माणमा सरकारको सल्लाहकारको रुपमा रहनुपर्नेमा परराष्ट्रमन्त्री ज्ञवालीको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij