२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पूर्वराजा शाहले भने -रुखका पातहरु झरेपनि जराहरु फेरिन्न

पूर्वराजा शाहले भने -रुखका पातहरु झरेपनि जराहरु फेरिन्न

पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला छलफल चाहेको बताएका छ
न् ।पूर्व राजा शाहले लक्ष्य पूरा नभए अर्को बाटो रोज्नु परेपनि सिद्धान्त भने छोडन नहुने धारणा समेत राखे । सोमबार भारत भ्रमणमा जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ उनलले राष्ट्रले लिएका मान्यताहरु व्यवहारिक र सबैलाई मान्य हुनुपर्नेमा पनि जोड दिए । पूर्वराजा शाहले रुखका पातहरु झरेपनि जराहरु फेरिन्न भन्दै दृष्टान्त पनि पेश गरे ।

पूर्व राजा शाह उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारत गएका हुन् । भारत बसाईका क्रममा उनी भारतीय देसी गाई जोगाउन सक्रिय श्रीमार्गले गर्न लागेको कार्यक्रममा पनि सहभागी हुनेछन् । पूर्वराजा शाहले यस अघि नेपालगंजमा हिन्दु राज्यको पक्षमा वकालत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij