कमल पन्थी । अहिले नेपाल सरकारले लकडाउनमा थप कडाई गर्दै लगेको छ । सम्भावित संक्रमणलाई फैलिन नदिनको लागि गरेको यो प्रयास सराहनीय छ । 
खाद्यान्न, ग्यास लगायतका अति आवश्यक सामानहरु किन्न विहानको समयलाई मात्र निर्धारण गरिएको छ । यसरी विहानको समयमा मात्र पसल खोल्दा पसलमा नै बढी भीड हुने स्थिति सृजना हुँदै आएको छ । कतै यसरी भीड बढ्दा संक्रमण फैलिन सहयोग पुग्ने त होइन ? यो अझ गम्भीर प्रश्न खडा भएको छ । यस कुरालाई विचार गर्दै पसल खोल्ने समयमा पुनर्विचार गर्दै पसल खुल्ने अवधि बढाउनको लागि समेत जनताहरुले आग्रह समेत गर्दै आइरहेका छन् ।
अहिले काठमाडौं लगायत देशभर नै लकडाउन गरिएको छ । लकडाउनको अवधिमा हिँडडुल तथा जमघट निषेध गरिएको छ । साथै कोरोनालाई लक्षित गरी आह्वान गरिएको लकडाउनमा जनताहरुलाई सुरक्षित रहनुपर्नेमा सचेत बनाउँदै सतर्क गराइएको छ । यद्यपि नेपाल सरकारले अहिले निर्धारण गरेको सीमित समयमा नै सबै उपभोक्ताले आवश्यक उपभोग्य सामान किन्नुपर्ने भएको कारण विहानको समयमा पसलमा भीड बढेको पाइएको छ ।

यस्तो अवस्थालाई विचार गर्दै ललितपुरमा दिनभर नै पसल खोल्ने व्यवस्था गरिएको ललितपुर उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भरत जोशीले बताए । महानगरीय प्रहरी तथा ललितपुर महानगरपालिका समेत विहानको २ घण्टा समय अपुग भएको कुरालाई ध्यानमा राख्दै निर्वाध रुपमा विहान ७ बजे देखि बेलुकी ७ बजे सम्म सामान ढुवानी गर्न र पसल खोल्न पाउने व्यवस्था गरिएको जोशीले बताएकाछन् । यसरी नै अन्य क्षेत्रमा पनि विहान बेलुकीको समयमा नभई दिउँसोको समयमा पसल खोल्न उपयुक्त हुनेबारे जागरुक जनताहरुले आवाज उठाइरहेका छन् । विहानको समयमा प्रहरीले नजिकको पसलमा जाने व्यक्तिहरुलाई लक्षित गरी हिँडडुल खुकुलो पार्दा अन्य विशेष काम नभएका व्यक्तिहरुले समेत वरपर हिँडडुल बढाएका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । यसै कुरालाई समेत विचार गर्दा पसल दिउँसोको समयमा नै खोल्न उपयुक्त देखिन्छ ।
यसंै परिस्थितिलाई विचार गरेर विगत केही दिन देखि ललितपुर क्षेत्रमा सामान ढुवानी र पसल खोल्ने समय विहान ७ बजे देखि बेलुकी ७ बजे सम्म निर्धारण गरिएको छ ।
ललितपुरमा दिनभर नै पसल खोल्ने व्यवस्था गरिएको ललितपुर उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भरत जोशीले बताए । महानगरीय प्रहरी तथा ललितपुर महानगरपालिका समेत विहानको २ घण्टा समय अपुग भएको कुरालाई ध्यानमा राख्दै निर्वाध रुपमा विहान ७ बजे देखि बेलुकी ७ बजे सम्म सामान ढुवानी गर्न र पसल खोल्न पाउने व्यवस्था गरिएको जोशीले बताएकाछन् । यसरी नै अन्य क्षेत्रमा पनि विहान बेलुकीको समयमा नभई दिउँसोको समयमा पसल खोल्न उपयुक्त हुनेबारे जागरुक जनताहरुले आवाज उठाइरहेका छन् ।
पसल दिउँसो सञ्चालन गर्दा अनावश्यक भीड रोकिने अनुमान गर्न सकिन्छ । यसो हुनुका पछाडि केही कारणहरु बारे प्रष्ट पार्दै ग्यास विक्रेता महासंघ, प्रदेश नम्बर ३ का अध्यक्ष अर्जुन खत्री भन्छन्, ‘अहिले गर्मी मौसम शुरु भइसकेको छ । दिनभर घरमा बसेर दिक्क भइसकेका मानिसहरुमा विहानको समयमा स्वच्छ हावामा निस्कने वा मर्निङ वाकमा जाने अवस्था पनि हुन सक्छ । मानिस स्वभावैले जागरुक हुन्छ । एकै ठाउँमा बसिरहँदा तथा एउटै काम गरिरहँदा मानिसले झर्को महसुस गर्न सक्छ । त्यस माथि पनि झण्डै एक महिना देखि घरबाहिर निस्कन नपाएका मानिसहरुमा छटपटी बढ्दै जानुलाई पनि अस्वभाविक भन्न मिल्दैन ।’
कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी अपनाइएको लकडाउनको सामाजिक दूरी कायम गर्नु नै मुख्य उद्धेश्य हुनुपर्छ । कोरोना (कोभिड–१९) को लागि सामाजिक दूरीलाई सबैभन्दा प्रभावकारी उपाय समेत मानिन्छ । यसैकारण अहिले सबैजसो विश्व समुदायले नै लकडाउन विधि अपनाएको छ । यसलाई अहिले सबैजसो नेपालीहरुले बुझिसकेका पनि छन् । यद्यपि पछिल्ला दिनहरुमा सडकमा निस्कनेहरुको भीड समेत बढ्दो छ । यसलाई नियन्त्रणमा लिनको लागि राज्यले नयाँ ढङ्गले विशेष कदम चाल्नुपर्ने आवश्यकता समेत देखिएको छ ।
ग्यास व्यवसायी अर्जुन खत्री भन्छन्, ‘काठमाडौंका पसलमा ग्यास लगायतका अत्यावश्यक धेरैजसो सामानहरु समेत दिउँसोको समयमा नै आउने गरेका छन् । जसले गर्दा पसले (विक्रेता)ले दिनमा २ पटक पसल खोल्नुपर्ने बाध्यता अहिले छ । दिउँसोमा पसल सञ्चालनमा ल्याइएको खण्डमा विशेष काम भएका व्यक्ति मात्र पसलमा आउने अवस्था सृजना हुने र भीड कम हुँदा सङ्क्रमण फैलिने खतरा पनि कम हुने अवस्था रहन सक्छ ।’
यतिबेला सेवाप्रवाहमा खटिने व्यवसायीले पनि आफ्नो स्वास्थ्यमा संयमता अपनाउँदै आवश्यक सुरक्षा विधिहरु अबलम्बन गर्नुपर्ने उपभोक्तावादी संस्था उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको धारणा छ । मास्क, पञ्जा, सेनिटाइजर, साबुनपानी र सामाजिक दूरी लगायतलाई प्रयोगमा ल्याउँदै सुरक्षाका उपायहरु अबलम्बन गरेमा सम्भावित कोरोना जोखिमबाट बच्न सकिने सम्भावना उच्च रहने भन्दै सबै जनताले यसलाई व्यावहारिक तवरले लागु गर्नुपर्ने उनको सुझाव छ ।

आपुर्ति प्रणालीमा सिर्जिएको नयाँ समस्या: सडक नै अवरुद्ध
अहिले नेपाल लकडाउनमा भएपनि आपुर्ति व्यवस्थालाई व्यवस्थित बनाउन नेपाल सरकार निकै नै सतर्कतापूर्वक आफ्ना कदमहरु चालिरहेको छ । ठाउँ–ठाउँमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । यद्यपि विभिन्न ठाउँहरुमा सडक र पुल जस्ता आवतजावतका माध्यम नै अवरुद्ध गर्ने जस्ता कार्य समेत भइरहेको पाइन्छ । यस्ता कार्यहरुले कतिपय अवस्थामा अत्यावश्यक सामानहरु ढुवानी गर्न एवं अत्यावश्यक सेवा प्रवाह तथा विरामी सहितका एम्बुलेन्स सञ्चालन जस्ता महत्वपूर्ण सवारी सञ्चालन कार्य सञ्चालनमा सहज हुने स्थिति देखिन्छ ।
घर फर्कनेलाई उचित व्यवस्था गरौं
अहिले अध्ययन, व्यवसाय तथा रोजगारी लगायतको उद्देश्यले शहरी क्षेत्रमा बसोबास गर्दै आएका नेपाली जनताहरु अकस्मात् लकडाउन हुँदा शहरमा नै खुम्चिएर बस्न बाध्य छन् । यस्तो अवस्थामा उनीहरुलाई कसरी खाद्यान्न तथा अत्यावश्यक सेवा प्रवाह गर्ने भन्ने सम्बन्धमा राज्यले गम्भीरतापूर्वक आफ्ना गतिविधि सञ्चालन गर्न नसक्दा जनताहरुले निकै नै दुख पाएका छन् । अहिलेको यही परिस्थितिलाई सम्बोधन नगर्दा नेपाली नागरिकहरु जोखिम वहन गरेरै भएपनि पैदल आफ्नै घर फर्किनुपर्ने अवस्था सृजना भएको छ ।
अन्त्यमा
राज्यले कसैलाई पनि घर बाहिर ननिस्कन र जो जहाँ छ त्यहीँ आवश्यक वस्तुहरु उपलब्ध गराउने आफ्नो प्रतिवद्धता जनाइरहँदा नेपाली जनताहरुले त्यसको प्रत्याभुति गर्न पाएका छैनन् । नेपाली जनताहरु रोगले भन्दा पनि भोकले मर्ने स्थिति उत्पन्न भएको अवस्थामा राज्य थप जिम्मेवार बन्नु जरुरी छ । साथै नेपाली जनताहरुले पनि बुझ्नुपर्छ कि यो लकडाउन हाम्रै सुरक्षालाई मध्यनजर गरी लागु गरिएको हो । कोरोनाको संक्रमण फैलिन नदिन र स्वस्थ रहन हामीले निर्वाह गर्ने भूमिका निकै नै महत्वपूर्ण हुने गर्दछ ।
फाेटाेहरु
पहिलाे फाेटाे माधव तिमिल्सिना
दाेस्राे फाेटाे भरत जाेशी
तेस्राे फाेटाे अर्जुन खत्री
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij