शशि पन्थी, भैरहवा, बैशाख ५ । सिद्धार्थ साहित्य परिषदको २१० औँ नियमित मासिक साहित्यिक संगम सम्पन्न भएको छ ।
नियमित रुपमा प्रत्येक महिनाको पहिलो शनिबार रुपन्देही क्याम्पसको सभा हलमा हुने कार्यक्रमको नियमित श्रीङ्खला अर्थात २१० औँ मासिक साहित्यिक संगमको प्रमुख अतिथिको मन्तव्य राख्दै साहित्यकार युवराज खनालले साहित्यिक संस्थाहरुले अब कला, संस्कृति,गायन लगायतका बिधाहरुलाई पनि समेट्नु पर्नेमा जोड दिँदै प्रकृति प्रेम सम्बन्धी रचना प्रस्तुत गरेका थिए ।
सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लिराज भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु बालकृष्ण भट्राई, प्रा.डा. कपिलदेव लामिछाने, ठाकुर चन्द्र शर्मा, कृष्ण प्रसाद बस्याल, राम बहादुर श्रेष्ठ,गंगा लिगल, बासुदेव पोखरेल,सीता काफ्ले, केशव शर्मा बेल्वासे,घनश्याम गौतम,प्रकाश चन्द्र,सन्ध्या खनाल,सन्तोष पाण्डे, शशि पन्थी, तिलक लामिछाने,पुनहरी बेल्बासे, रमेश दाहाल लगायतले आ–आफ्ना गीत, गजल, कविता,हाइकु वाचन गरेका थिए ।
परिषदका सचिव नरेश के.सि.को स्वागत मन्तव्य तथा सदस्य लक्ष्मी प्रसाद अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij